images

मंगलवार, बैशाख १८ गते २०८१

एमालेका उम्मेदवारलाई जिताउन खिमलाल भट्टराई घरदैलोमा

एमालेका उम्मेदवारलाई जिताउन खिमलाल भट्टराई घरदैलोमा

images
images
images
शनिवार, बैशाख २४ २०७९
शनिवार, बैशाख २४ २०७९
  • एमालेका उम्मेदवारलाई जिताउन खिमलाल भट्टराई घरदैलोमा

    भैरहवा, २४ वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज खिमलाल भट्टराई गाउँगाउँ तथा टोलटोलमा पुगिरहेका छन् । चुनावी प्रचारप्रसारका क्रममा उनी नागरिकको घरदैलोमा पुग्दै एमालेका उम्मेदवारलाई जिताउन मत मागिरहेका छन् । अन्य बेला पनि नागरिकको घरदैलोमा पुगिरहने नेता भट्टराई यतिबेला लुम्बिनी साँस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, गैडहवा, मायादेवी, कञ्चन गाउँपालिकाका विभिन्न चुनावी कार्यक्रममा व्यस्त छन् ।

    images

    यसैबीच नेता भट्टराई शुक्रबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ स्थित सोनवर्षा पुगेका छन् । एमालेको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर पदका उम्मेदवार रमावती यादव, उपमेयरका उम्मेदवार कल्पना हरिजन तथा वडाअध्यक्ष र सदस्यका उम्मेदवारलाई मत दिन उनले नागरिक समक्ष आग्रह गरेका छन् । 

    नेता भट्टराईले सबै पालिकामा एमाले प्रतिष्पर्धाका साथ अगाडी रहेको बताए । उनले भने, ‘खासगरी लुम्बिनी, गैडहवामा एमाले सशक्त प्रतिष्पर्धीको रुपमा रहेको छ, यहाँका जनताले परिवर्तन खोजिरहेका छन्, समृद्धिको नेतृत्व पार्टीका उम्मेदवारलाई जिताउन खोजिरहेका छन् । ’उनले सुर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारलाई मतदाताले जिताउनुहुनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको बताए । गाउँगाउँका जनतासँग बुझ्दा उहाँहरुले परिवर्तनको अपेक्षा गर्नुभएको पाइएको उनले बताए । 
    एमाले रुपन्देहीका जिल्ला सदस्य तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाका सह–इञ्चार्ज गोविन्द ज्ञवालीले वैशाख ३० गते हुने निर्वाचनमा नगरबासीले एमालेका उम्मेदवारलाई जिताउने दावी गरे ।

    IMG_7896.JPG

    मेयरका उम्मेदवार रमावती यादवले जनताले एमालेका सम्पूर्ण उम्मेदवारलाई जिताउने कुरामा विश्वस्त रहेको बताइन् ।
    उपमेयरका उम्मेदवार कल्पना हरिजनले विकास र समृद्धिको नेतृत्व गर्ने एक मात्र पार्टी एमालेलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाका मतदाताले जिताउने बताइन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij