images

मंगलवार, बैशाख १८ गते २०८१

प्रमुख र उपप्रमुखका उम्मेदवारसँग छलफल तथा अन्तरक्रिया

प्रमुख र उपप्रमुखका उम्मेदवारसँग छलफल तथा अन्तरक्रिया

images
images
images
शनिवार, बैशाख २४ २०७९
शनिवार, बैशाख २४ २०७९
  • प्रमुख र उपप्रमुखका उम्मेदवारसँग छलफल तथा अन्तरक्रिया

    भैरहवा, २४ वैशाख ।
    उद्योग व्यापार संगठन रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुसँग शनिबार भैरहवामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । निजी क्षेत्रको तर्फदेखि उम्मेदवारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको संगठनका महासचिव सचिन रोक्काले बताए ।

    images

    कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट नगरप्रमुखका उम्मेदवार डा. रामप्रसाद बस्यालले सिद्धार्थनगरको विकासमा उद्योग व्यापार संगठन रुपन्देहीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले छाडा चौपाय, फोहोरमैलाको व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘मेयर र उपमेयरले मात्र गरेर हुँदैन, सबैको सहयोग आवश्यक छ, सबैंसँग सहकार्य गर्दै अगाडी बढ्छौं, त्यसका लागि सम्बन्धित ठाउँमा पुर्याउन म आग्रह गर्न चाहन्छु’ । उनले सिद्धार्थनगरको विकासका लागि संघ–संस्थाको सहयोग आवश्यक रहेकोमा जोड दिए । डा. बस्यालले भने, ‘तपाईहरु भन्दा बाहिर गएर कुनै पनि काम हुन सक्दैन, तपाईहरुमा सुुझाव सल्लाहअनुसार अगाडी बढ्छु ।’

    नेकपा (एमाले) बाट नगर उपप्रमुखका उम्मेदवार उमा अधिकारीले सिद्धार्थनगरको विकासका लागि लागिपर्ने बताइन् । उनले महिलालाई स्थानीय उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउनेतर्फ लाग्ने बताइन् । अधिकारीले विगतमा घोषणापत्रका ६५ बुँदामध्ये ५५ वटा काम भएका र बाँकी काम अब आउने नेतृत्वले गर्ने बताइन् । उनले सिद्धार्थनगरको विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।

    त्यस्तै गठबन्धनको तर्फबाट (नेपाली कांग्रेस) प्रमुखका उम्मेदवार  इस्तियाक अहमद खानले कृषि, शिक्षा, स्वास्थ्यमा प्राथमिकता दिने बताए । उनले वातावरणमैत्री शहर बनाउने अभियानमा लाग्ने बताए । सिद्धार्थनगर नगरपालिकालाई ग्रीन एण्ड क्लिन बनाउने उनले प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘सर्वप्रथम साना साना आवश्यकताहरु पुरा गर्दै जानुपर्छ । ’नगरपालिकामा चुस्तदुरुस्त सुशासनमा ध्यान दिने उनको भनाइ थियो ।

    IMG_8029.JPG

    गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) उपप्रमुखकी उम्मेदवार कमला थापाले निस्वार्थ ढंगले सेवा गर्ने बताइन् । उनले काम गर्ने अवसर दिन आग्रह गरिन् । उनले भनिन्, ‘काम गर्ने अवसर दिनुस्, काम गरेर देखाउँछु।’  

    कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योग, व्यापार तथा पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए । उनले संगठनले स्थानीय सरकारसँग सहकार्य गर्दै आएको बताए । उनले स्थानीय सरकारमा आउने नयाँ नेतृत्वबाट संगठनले सहयोग पाउने विश्वास व्यक्त गरे । सिद्धार्थनगरको प्रमुख समस्याको रुपमा रहेको फोहोरमैलालाई व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

    संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले निजी क्षेत्रप्रति सरकारले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए । उनले सभा, सम्मेलन र महोत्सव गर्नका लागि भैरहवामा मण्डप आवश्यक रहेकोले स्थानीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने, ‘फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्छ, स्थायी समाधानको बाटोमा अघि बढ्नुपर्छ । ’ उनले उद्योग व्यापार संगठनको भवनका लागि केन्द्रबाट नगरपालिकामा आएको रकम पाउनुपर्ने माग गरे ।

    कार्यक्रममा विष्णु मरासिनी, उषाकिरण गुरुङ, रामअवध गुप्ता, टीकाराम भट्टराई, लक्ष्मण भण्डारी, सुमन न्यौपाने, लीलाधर भट्टराई, वाई.पी. आचार्य, विन्दु ज्ञवाली लगायतले बोल्दै भौतिक पूर्वाधार निर्माणका साथसाथै महिलाका लागि सीपमूलक कार्यक्रम ल्याउनुपर्ने, होलसेज बजार सञ्चालनमा ल्याउनुपर्ने, नगरपालिकामा सरसफाईमा ध्यान दिनुपर्ने, अधुरा कामलाई सम्पन्न गर्नुपर्ने, विगतमा भएका कामको समीक्षा हुनुपर्ने, ठेला व्यवसायलाई व्यवस्थित गर्नुपर्ने, नगरपालिका कार्यालयबाट सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह हुनुपर्ने, अटो भिलेज सञ्चालनमा ल्याउनुपर्ने माग गरेका थिए ।

    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचि सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij