images
images

आइतवार, जेठ ६ गते २०८१

के भन्छन् सिद्धार्थनगरका मेयर उप मेयरका उम्मेदवार ?

के भन्छन् सिद्धार्थनगरका मेयर उप मेयरका उम्मेदवार ?

images
images
images
मंगलवार, बैशाख २७ २०७९
मंगलवार, बैशाख २७ २०७९
  • के भन्छन् सिद्धार्थनगरका मेयर उप मेयरका उम्मेदवार  ?

    डा. राम प्रसाद बस्याल

    images
    images
    images

    नेकपा एमालेले उठाएको मेयर र उपमेयर पार्टीको मात्र रोजाई नभएर जनताको रोजाइ हो । म सामान्य परिवारमा जन्मेको हुँ, भारतमा रोजगारीको शिलशिलामा जाँदा चिकित्सक भएर फर्केर हजारौं विरामीको उपचार गर्दै आएको छु ।

    सिद्धार्थनगर नगरपालिकामा एमालेले छोटो समयमा नै सम्पुर्ण वडामा घरदैलो कार्यक्रम सकिसकेको छ । सिद्धार्थनगर नगरपालिकामा अन्य पार्टीलाई भन्दा धेरै सशस्क्त रुपमा जनताले साथ नेकपा एमालेलाई दिदै आएका छन् । स्थानीय सरकारको दायित्व शिक्षा, स्वास्थ्य, सडक, कृषि मात्र नभई चौतर्फी विकास हो, जहाँ जनताले नेकपा एमाले हुन्छ त्यहाँ मात्र विकास हुने जनताले बुझिसकेका छन् ।

    घरदैलोको कर्ममा आफुले उपचार गरेका धेरैले आएर हात जोड्ने अङकमाल गर्ने जस्ता कामहरु गरे । प्रचार प्रसारको क्रममा घरदैलो जाँदा अधिकांस स्थानीयहरु खुसीले गदगद हँुदा मनै आनन्दित भयो,  हामीलाई लाग्यो मन जितिसकेका छांै ।  यो नै हाम्रो पहिलो जित हो, दोस्रो जित चुनाव पछिको जितबाट हुनेछ ।

    एमालेको घोषणा पत्रमा लेखिएका कुराहरु सान्दर्भिक छन् जस्ले गर्दा हाम्रो जितलाई एक कदम अगाडी बढाएको छ ।  नेकपा एमाले सिद्धार्थनगरले विकासका काममा दुर दृष्टि भएका उम्मेद्धार चयन गर्न सफल भएको छ । 

    २०७४ सालको स्थानीय चुनावमा सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले बहुमत ल्याएर विजयी भएको थियो । पाँच वर्षको कार्यकालमा नेकपा एमालेले सिद्धार्थनगरमा शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधारका निम्ति गरेका कामले नेकपा एमालेको जित सुनिश्चित गरेको छ ।

    गठबन्धन गर्ने भनेकै प्रतिष्पर्धाबाट टाढा भाग्न हो । अहिले एकातर्फ गठबन्धन छ भने अर्को तर्फ एमाले एक्लै छ । जसका कारण नेकपा एमालेको प्रतिस्पर्धानै छैन ।

    यतिबेला सिद्धार्थनगरबासीले सूर्य चिन्हमा नै किन मतदान गर्ने, एमालेका उम्मेदवारहरुलाई नै किन विजयी बनाउने भन्ने विषयमा जिज्ञासा पनि रहदैं आएको छ । हाम्रो पार्टीलाई र हाम्रो पार्टीका उम्मेदवारहरुलाई मतदान दिनु भनेको एमालेले राष्ट्र र राष्ट्रियताप्रतिको अडानलाई सहयोग तथा समर्थन हो । सिद्धार्थनगरको हकमा विगत पाँच बर्षमा भए गरेका भौतिक विकास र विभिन्न दीर्घकालिन योजनाको शुरुवात पनि हो । ती बहुबर्षिय योजना सम्पन्न गर्नको लागि पनि पुनः एमालेकै नेतृत्वमा सिद्धार्थनगरको नगर सरकार हुनु जरुरी छ ।

    सिद्धार्थनगर अन्तरष्ट्रिय सम्बन्धको हिसाबले पनि महत्वपुर्ण रहदै आएको छ  । जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान हुदैछन् । स्थलमार्ग हुदैं सबैभन्दा बढी विदेशी प्रवेश गर्ने नाका पनि सिद्धार्थनगर रहदै आएको छ । पर्यटन, व्यापार, उद्योगका हिसाबले पनि यो नगर अन्तर्राष्ट्रिय कनेक्टीभिटीसँग जोडिदैछ । यसैले यहाँको नगर सरकार अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाइराख्न सक्ने, विदेशी नागारिकसँग समन्वय गर्न सक्ने र स्थानीय अन्य पालिकाहरुसँग साझेदारी गर्न सक्ने तहको हुनुपर्दछ । त्यो गर्ने सक्ने क्षमता नेकपा एमाले र हाम्रा उम्मेदवारले मात्रै गर्न सक्दछन् भन्ने हाम्रो विश्वास छ ।  

    मैले बिगत लामो समय देखि नितान्त पार्टीमा सक्रिय रहँदै निःस्वार्थ समाज सेवाको काम गर्दै आएको छु । नेकपा एमालेले पनि वृद्धावृद्धको लागि भत्ताको व्यवस्था गर्ने खालका लोकप्रिय काम गरेको छ । इतिहास हेर्ने हो भने, एमाले जसरी कुनै पार्टीले पनि सक्रिय रुपमा कार्य गर्दै आएको देखिँदैन । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुखका अन्य उम्मेद्वार र मेरो चरित्रमा केही आक्षेप लाएको छ अथवा छैन मतदाताले यो कुरालाई केलाउनु पर्छ ।

    सिद्धार्थनगर नगरपालिकामा आउने भावी सन्ततिहरुका लागि नगरलाई स्वच्छ, हराभरा, विकसित र समृद्ध बनाउनु छ । नगरको चौतर्फी विकासका लागि नेकपा एमालेले नै जित्नु पर्छ, अरुबाट संभव छैन । वर्षौ देखि पार्टीका नीति, नियम, सिद्धान्तलाई व्यवहारमा पनि लागु गर्दै आएको छु । पार्टीले मलाई यतिका वर्ष टिकट नदिएको भनेर मैले कहिल्यै पनि पार्टी त्याग परित्याग गरेको छैन, कुनै गुनासो पनि गरेको छैन । न त दल बदलनै गरेको छु यही कुराले पनि मेरो इमान्दारीता पुष्टि गर्छ  । मेरो सिद्धान्त कसैलाई प्रलोभनमा पार्ने होइन । मैले विगतमा गरेका काम स्मरण गर्नुस् र म लगायत नेकपा एमालेको टिमलाई विजय गराइदिनु हुनेछ भन्ने अनुरोध छ ।

    उमा अधिकारी

    सिद्धार्थनगर नेपाल कम्युनिष्ट पार्टी एमालेले मलाई ठुलो विश्वास गरेर उपमेयरको लागि टिकट दिएको हो । विधार्थी राजनीति गर्दै आएकी हुँदा म पार्टीले टिकट दिंदा जति खुशी थिएँ उत्ति नै डर पनि लागेको थियो । डर के का लागि भन्दा म जनतामाझ जाँदै गर्दा मैले बोलेका कुरा, पार्टीको प्रतिबद्धता भन्न जब म समाजमा जान्छु यहाँ समाजमा भएका व्यक्तिले मैले बोलेको सुन्लान् कि नसुन्लान्, विश्वास गर्लान् कि नगर्लान् भन्ने थियो । तर जब म जनताको माझमा गएँ तब मलाई हेर्ने दृष्टिकोण मैले सोचेको भन्दा निकै फरक रहेछ । घरदैलोमा जाँदा उहाँहरुले मलाई पहिला त नमस्कार गर्नुभयो, कसैले हात मिलाउनु भयो र धेरै महिलाले अङकमाल गर्नुभयो ।

    म विद्यार्थीकालबाट राजनीति गर्दै आएकी महिला हुँ । म राजनीतिमा झ्याप्प आएकी होइन । मैले भुगोलमा काम गर्दै पार्टीको साधारण सदस्यबाट बिभिन्न कमिटी हुँदै निरन्तर राजनीति गरेर यहाँसम्म आइपुगेकी हुँ ।

    राजनीति गरेर आएको महिला भएको कारण पनि मलाई राजनीति के हो र कसरी गर्नुपर्छ भन्ने थाहा छ । मेरो अध्ययन र मेरो अनुभवले सिद्धार्थनगरको मुहार फेर्नको निम्ती र यहाँ भएका महिलालाई आत्मनिर्भरताको बाटोमा ल्याउनको निम्ती पनि मेरो उम्मेद्वारी हो । मेरो सिद्धान्त सिङ्गो सिदार्थनगर नगरपालिकालाई हराभरा स्वच्छ सफा र समृद्धशाली नगर र भ्रष्टाचार मुक्त बनाउनु हो । 

    हाम्रा उम्मेदवारहरुले विजयी प्राप्त गर्ने मुख्य आधार भनेको यस नगरमा हाम्रो पार्टी नेकपा एमालेको सांगठानिक संरचना हो । त्यसका अतिरिक्त हाम्रो पार्टीका तर्फबाट उम्मेदवार रहनुभएकाहरुको व्यक्तित्व, राजनैतिक निष्ठा तथा निरन्तरता तथा सच्चरित्र पनि हो । सँगसँगै सिनपाको भौतिक पुर्वाधार अवस्था, सामाजिक अवस्थामा पाँच बर्षमा भएको परिवर्तन, त्यसले जनतामा पुराएको फाईदा पनि हो । जसको प्रत्यक्ष उपभोग सिनपाबासीले गरिरहका छन् ।

    यतिबेलासम्म हामी चुनाबी प्रतिष्पर्धामा एक नम्बरमा छौं । यो निर्वाचनलाई हामी अत्यन्तै महत्व दिएर उपयोग गर्दैछौं । यो देशको प्रमुख र सबैभन्दा ठूलो राजनैतिक दल भएका हिसाबले पनि यो निर्वाचनलाई सम्पन्न गराउन हामीहरुले अन्य दलहरु भन्दा बढी जिम्मेवार हुनै पर्नेछ । यसैले तपाई हामी सबै मिलेर जनताको मत हाल्ने अधिकारलाई सुनिश्चिता गर्ने तर्फ हातेमालो गरौं ।

    यसका साथै हामीले हाम्रो प्रतिबद्धतापत्रमा धेरै योजना पनि प्रस्तुत गरेका छौं । ती योजना पुरा गर्न सिनपाको आन्तरीक आम्दानीको स्रोत अत्यन्तै न्यून छ, त्यसको बृद्धि गर्न पनि हाम्रो नगर सरकार आवश्यक छ । एमालेको नगर सरकार सबै नगरबासीको सरकार हुनेछ ।

    यसैले हाम्रो पार्टी र हाम्रो उम्मेदवारलाई विजयीको यात्रामा सबै पत्रकार साथीहरु सकारात्मक सोचका साथ हिजोका दिनमा झै साथ दिनुहुन अनुरोध छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij