images

शुक्रवार, बैशाख २१ गते २०८१

यस्तो छ मतदान गर्न जाँदा पालना गर्नुपर्ने आचरण 

यस्तो छ मतदान गर्न जाँदा पालना गर्नुपर्ने आचरण 

images
images
images
शुक्रवार, बैशाख ३० २०७९
शुक्रवार, बैशाख ३० २०७९
  • यस्तो छ मतदान गर्न जाँदा पालना गर्नुपर्ने आचरण 

    काठमाडौँ, ३० वैशाख । मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्नसक्ने आयोगले जानकारी गराएको छ । 

    images
    images
    images

     मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाणपूर्जाको सक्कल प्रमाणको आधारमा मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । 

     स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था गरेको छ तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिन स्पष्ट निर्देशन आयोगबाट छ ।

    आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै अवाञ्छित कार्य कहीँकतैबाट भएमा कानुनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आग्रह गरेका छन्।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij