२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

सिद्धार्थनगर ३ र ४ मा राप्रपाको प्यानल नै बिजयी, अध्यक्षमा उपाध्याय र यादव 

आइतवार , जेठ १, २०७९

  • 8.4K
    Shares
  • 8.4K
    Shares
  • भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष सहित प्यानल नै बिजयी भएको छ। 

    आइतबार राती सम्पन्न मतगणनामा सिद्धार्थनगर ३ को वडा अध्यक्षमा राप्रपाका नारायणप्रसाद उपाध्याय र वडा नम्बर ४ मा भोला यादव विजयी भएका हुन्। 

    वडा नम्बर ३ र ४ मा राप्रपाको तर्फबाट उम्मेदवारी दिएका सबै प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

    यस अघि सिद्धार्थनगर नगरपालिका वडा नम्बर दुईमा पनि राप्रपाका उम्मेदवार छेदिलाल श्रीवास्तव सहित पुरै प्यानल विजयी भएको थियो। 

    सिद्धार्थनगर ३ बाट वडा अध्यक्षमा निर्वाचित उपाध्याय यस अघि २०७४ सालको स्थानिय तह निर्वाचनमा वडा सदस्यमा राप्रपाबाट निर्वाचित भएका थिए।

    द्Narayan baa.jpeg