
मंगलवार , जेठ ३, २०७९
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले धाधली गरेको प्रती राजनीतिक दलहरूले ध्यानाकर्षण भएको जनाएका छन।
संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै उनीहरुले राष्ट्रसेवक कर्मचारीहरुबाट नै अत्यन्तै गैरकानुनी र गैरजिम्मेवारीपूर्ण काम भएको बताएका हुन।
सात राजनीतिक दलहरुले कुनै अमुक दलको दलिय प्रभावमा परि अन्य दलहरुले प्राप्त गरेको मत संकेतलाई गलत रुपमा प्रस्तुत गर्ने, प्राप्त मत अंकलाई गलत रुपमा प्रस्तुत गरी मतपरिणामलाई तोडमोड गरी अमुक कुनै पार्टीलाई जिताउने नियतले काम गरेको र अमूक दलबाहेक अन्यदलका मतगणना प्रतिनिधिहरुबाट गल्तिलाई सच्याउन पटकपटक दिएको सुझावलाई पूर्णरुपमा वेवास्ता गर्ने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताए।
उनिहरुले सम्पूर्ण मतपत्रहरुको यथार्थ छानविन गरी पुनः मतगणना गर्ने ब्यवस्था मिलाउन प्रमुख जिल्ला निर्वाचन अधिकृत र निर्वाचन आयोग आयोगको ध्यानाकर्षण गराएका हुन।
नेपाली काङ्ग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले निर्वाचन कार्यलयका कर्मचारीको गलत भुमिकाप्रती आपत्ती जनाए।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा,नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कृष्ण प्रसाद भूषाल, जनता समाजवादी पार्टी नेपालका व्यासमुन थारु, राष्ट्रिय जनमोर्चाका रुक बहादुर पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीका राधिका श्रीस, राष्ट्रिय प्रजातन्त्र पार्टी भूवन खनालले ध्यानाकर्षण भएको जनाएका हुन।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij