२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

बुधवार , जेठ ४, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौँ, ४ जेठ। स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ।

    आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ।जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ। कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ।

    नेकपा एमालेले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ। एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ। एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ।

    माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ। हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ। नेकपा एकीकृत समाजवादी ले दुई नगर पालिकामा जित हासिल गरेको छ। आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ। जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ।रासस