२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

पर्ल सेकेण्डरी स्कूलको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर

शनिवार , जेठ ७, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, ७ जेठ ।
    पर्ल सेकेण्डरी स्कूल कोटिहवा, रुपन्देहीको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि. भैरहवाको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको विद्यालयका सहायक प्रिन्सिपल निलकण्ठ पाण्डेयले जानकारी दिए । 

    शिविरमा अस्पतालका जनरल फिजिसियन डाक्टर संजय प्रसाद शाह, पेडियाट्रिक डाक्टर उदय सिंह, र ईएटीका डाक्टर महेश पोख्रेलले बिरामीहरुको चेकजाँच गर्नुभएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । 

    bb.jpg

    शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरु गरी १४१ जनाले सेवा लिएका थिए । सिटी अस्पतालले शिविरमा उपचार सेवा लिन आएका बिरामीहरुका लागि १० दिनभित्र पुनः सेवा लिन परेमा निःशुल्क टिकटको व्यवस्था गरेको र ल्याब र औषधीमा १५ प्रतिशत छुट दिने गरेको प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।