images

शनिवार, बैशाख २२ गते २०८१

दुःखको आँसु लिएर आउनेलाई खुसीको आँसु दिएर पठाउनेछौं : नगरप्रमुख खान

दुःखको आँसु लिएर आउनेलाई खुसीको आँसु दिएर पठाउनेछौं : नगरप्रमुख खान

images
images
images
सोमवार, जेठ ९ २०७९
सोमवार, जेठ ९ २०७९
  • दुःखको आँसु लिएर आउनेलाई खुसीको आँसु दिएर पठाउनेछौं : नगरप्रमुख खान

    भैरहवा, ९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले नगरपालिकामा दुःखको आँसु लिएर आउने नागरिकलाई खुसीको आंसु दिएर पठाउने आफ्नो लक्ष्य भएको बताएका छन् । उनले नगरवासीको आशा र विश्वासका साथ कुर्सीमा आसिन भएकाले यहाँ समय बर्बाद गर्न नआएको बताए ।

    images
    images
    images

    सोमबार पदभार ग्रहण गर्दै नगरप्रमुख खानले जिम्मेवारी सम्हालिसकेपछि नगरवासीको सुखदुःखमा साथ दिने आफ्नो कर्तव्य भएको बताए । 

    उनले भने, ‘जनप्रतिनिधि पाँच वर्षका लागि नगरपालिकाको जिम्मेवारीमा आए पनि कर्मचारी यही काम गर्ने भएकाले जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ ।  ’

    कर्मचारीहरुले जनताको ख्याल गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘कर्मचारी जनप्रतिनिधि मिलेर काम गरौं, कर्मचारीको विशेष ख्याल राख्छु, तपाईहरुले जनताको ख्याल गर्नुपर्छ ।’ उनले नगरपालिकामा भएका कार्यहरुको सकारात्मक रुपमा समाचार सम्प्रेषण गर्न पत्रकाहरुलाई आग्रह गरे ।

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार खान सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि सोमबार पदभार ग्रहण गरेका हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij