images

शनिवार, बैशाख २२ गते २०८१

हातेमालो गरेर अगाडी बढ्छौं : सिद्धार्थनगर उपप्रमुख अधिकारी

हातेमालो गरेर अगाडी बढ्छौं : सिद्धार्थनगर उपप्रमुख अधिकारी

images
images
images
सोमवार, जेठ ९ २०७९
सोमवार, जेठ ९ २०७९
  • हातेमालो गरेर अगाडी बढ्छौं : सिद्धार्थनगर उपप्रमुख अधिकारी

    भैरहवा, ९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जनताको अमूल्य मत प्राप्त गरी निर्वाचित भएकाले हातेमालो गरेर अगाडी बढ्ने बताएकी छन् । उनले यसअघिको कार्यकालमा जनप्रतिनिधिबाट राम्रो काम भएकाले ती राम्रा कामलाई अहिलेको जनप्रतिनिधिले पनि निरन्तरता दिने बताइन् ।

    images
    images
    images

    सोमबार पदभार ग्रहण गर्दै उपप्रमुख अधिकारीले पछिल्लो समय महिला तथा बालहिंसा बढेकाले त्यसको न्यूनीकरणका लागि नगरपालिकाबाट आफूले पहल थाल्ने बताइन् । उनले भनिन्, ‘छोरी चेली सुरक्षित नभए समाज सुरक्षित हुन सक्दैन, छोरी चेलीलाई बलियो बनाउनुपर्छ ।’ जनताको प्रतिनिधि भएर आएकाले जनताको पक्षमा काम गर्ने उनले बताइन् । 

    काम गर्ने क्रममा कमीकमजोरी हुन सक्ने भएकाले नगरवासीलाई ती कमीकमजोरी औल्याउन पूर्ण अधिकार रहेको उनको भनाइ थियो ।

    अधिकारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij