२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

सैनामैना नगर कार्यपालिकामा एमालेको बहुमत

शनिवार , जेठ २१, २०७९

भैरहवा, २१ जेठ । 
रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्यानलै विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा एमालेका आठै जना उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल, दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, मायादेवी विक, मीरा क्षेत्री र सीता थारु निर्वाचित भएका छन् ।

अब सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा १२ जना एमालेले हात पारेको छ । सत्ता गठबन्धन ५ जना सदस्यमा सीमित भएको छ ।

सैनामैना नगरपालिकाको प्रमुखसहित ४ जना वडा अध्यक्ष र १२ जना वडा सदस्य गरी १७ जना जितेको सत्ता गठबन्धन कार्यपालिकामा अल्पमतमा परेको हो । उपप्रमुखसहित ७ जना वडा अध्यक्ष र ३२ जना वडा सदस्य जितेको एमाले कार्यपालिकामा बलियो देखिएको छ । त्यसै गरी ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ बहुमतमा रहेको छ ।