२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

जिसस मोरङको प्रमुखमा एमाले विजयी

बुधवार , आषाढ १, २०७९

मोरङ, १ असार ।
जिल्ला समन्वय समिति मोरङको प्रमुखमा  नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएका छन् ।

सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् । रासस