बुधवार, आषाढ १५ गते २०७९

१० वर्षे माओवादी युद्धको औचित्य अझै पुष्टि हुन सकेन : केपी ओली 

१० वर्षे माओवादी युद्धको औचित्य अझै पुष्टि हुन सकेन : केपी ओली 

images
images

खबर पात्रो

७, आषाढ २०७९
  • 169
    SHARES
  • १० वर्षे माओवादी युद्धको औचित्य अझै पुष्टि हुन सकेन : केपी ओली 
    काठमाडौं, ७ असार । 

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए । 

    ‘१० वर्ष देश हिंसामा फस्यो, के का लागि ? कसका विरुद्ध ? के प्राप्तिका लागि भन्न्ने अझै टुंगोमा पुगेको छैन,’ ओलीले भने, ‘गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई नटुंगियो । २०६३ सालमा त गणतन्त्र त आएको थिएन । गणतन्त्र घोषणा (गणतन्त्र दिन्छु भनेर) गर्ने कसैसँग सम्झौता पनि भएको थिएन । केका लागि थियो ?’ 

    images

    पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा हतियार उठाउनु आवश्यकता रहेको भए पनि त्यसअलवा संविधानप्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्ने अवस्था रहेको भन्दै उनले संविधानकै परिधिभित्र रहेर देशको विकास र समृद्धि तथा आमूलपरिवर्तन गर्न सकिने बताए । 

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - २२:०९:०५ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend