images

शनिवार, बैशाख ८ गते २०८१

मधेस प्रदेशमा कांग्रेस र एमालेको मतमा वृद्धि

मधेस प्रदेशमा कांग्रेस र एमालेको मतमा वृद्धि

images
images
images
बुधवार, आषाढ ८ २०७९
बुधवार, आषाढ ८ २०७९
  • मधेस प्रदेशमा कांग्रेस र एमालेको मतमा वृद्धि
    बारा, ८ असार । 

    मधेस प्रदेशमा नेपाली कांग्रेस र एमालेको २०७४ सालको निर्वाचनमा भन्दा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मत प्रतिशत बढेको छ । 

    images
    images
    images

    प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी आठ जिल्लामा कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ भने एमाले दोस्रो स्थानमा छ । 

    यसपालिको निर्वाचनमा जनता समाजवादी पार्टीको मत प्रतिशत नबढे पनि खासै घाटा लागेको छैन । तर, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीप्रति २०७४ को भन्दा कम प्रतिशत मत प्राप्त भएको एक तथ्यांक सार्वजनिक भएको छ । 

    मधेस आन्दोलनपछि मधेस प्रदेशमा कांग्रेस, एमाले र माओवादीको मत प्रतिशत निकै खस्किए । जनता समाजवादी पार्टी र लोसपा अघिल्लो निर्वाचनमा मधेस प्रदेशका मतदाताहरुले अमूल्य मत प्रदान गरे पनि जनताको इच्छा आकांक्षामाथि खरो उत्रन नसकेका कारण यसपटक यी दलहरूप्रति जनताको विश्वास घटेको देखिएको छ । मधेसवादी दलहरूप्रति घटेको जनमतको फाइदा उठाउँदै कांग्रेस र एमाले पहिलो र दोस्रो भएका हुन् । 

    जनता समाजवादी पार्टीप्रति भने अहिले पनि जनताको आशा भरोसा कायम नै रहेको त्यो दलले पाएको मतबाट बुझ्न सकिन्छ । तर, माओवादी केन्द्र र लोसपाप्रति आशा भरोसा भने टुट्दै गएको तथ्यांकले स्पष्ट पारेको छ । 

    एमालेका स्थायी समिति सदस्य प्रभु साहले नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि मधेसमा एमाले समाप्त भएर जाने मिथ्या हल्ला फिजाइएको भए पनि जनताले यसपटक एमालेप्रति विश्वास जाहेर गरेको बताए । आगामी संघीय र प्रदेश निर्वाचनमा एमालेले मधेस प्रदेशमा थप राम्रो स्थान हासिल गर्ने बताउँदै पार्टीको संगठन विस्तारमा ध्यान केन्द्रीत गरेर कार्यकर्ताहरूलाई परिचालन गरिने उनले बताए । 

    कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले कांग्रेसको जन्म मधेसमै भएकाले पार्टीलाई अमूल्य मत दिने मतदाताहरूप्रति आभार व्यक्त गर्दै आगामी संघीय र प्रदेशको निर्वाचनमा आठवटै जिल्लामा कांग्रेसलाई पहिलो पार्टी बनाएर छाड्ने बताए । न्युज कारखाना
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij