images

शुक्रवार, बैशाख ७ गते २०८१

कंञ्चन गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

कंञ्चन गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

सुकुम्बासी समस्या समाधान र कृषि, पर्यटन, पुर्बाधार बिकासमा जोड

images
images
images
बुधवार, आषाढ ८ २०७९
बुधवार, आषाढ ८ २०७९
  • कंञ्चन गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

    असार ८ गते। रुपन्देहीको कंञ्चन गाउँपालिका गाउँपालिकाले आगामी बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कंञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले आर्थिक बर्ष २०७९/०८०का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा सुकुम्बासी समस्या समाधान, कृषि, पुर्बाधार र पर्यटन बिकासलाई बढि जोड दिईएको छ । विकासका सबै भौतिक पूर्वधार एवम मानवीय क्षमता विकास गरी समृद्ध आधुनिक र सुन्दर गाउँपालिका बनाउदै सु–शासन, गरीबि निवारण एवम रोजगारीको सुनिश्चिततामा योगदान पुर्‍याउने गाउँपालिकाको दीर्घकालिन सोच रहेको गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले जानकारी दिए ।

    images
    images
    images

    कृषितर्फ

    वास्तविक किसानको पहिचान गरी बिउ विजन, यान्त्रिकिकरण लगायत प्रविधिमा अनुदानको व्यवस्था मिलाइनेछ,गाउँपालिकाभित्रका कृषक ÷ कृषक समूहहरुको माग बमोजिम साना ठूला कृषि यन्त्र तथा उपकरणहरु उपलब्ध गराई कृषि यान्त्रिकिकरणमा जोड दिईनेछ,बैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमै रहेका बेरोजगार युवाहरुलाई कृषि रोजगारतर्फ उन्मुख गराउन मागमा आधारित कृषि कार्यक्रम संचालन तथा योगदानमा आधारित अनुदान कार्यक्रम संचालन गरिनेछ ।च्याउ, तरकारी तथा गहुँको बिउमा अनुदान उपलब्ध गराइ उत्पादनमा वृद्धि ल्याइनेछ,माटो परिक्षण सम्बन्धी प्रयोगशालामा जि.पि.एस. प्रविधि जडान गरी निःशुल्क माटोको स्तर मापन गरिनेछ । सिंचाई क्षेत्रको विस्तार, नर्सरी स्थापना, पोष्ट हार्भेष्ट तथा बिउ भण्डारण, रोग किरा नियन्त्रण, जैविक मल व्यवस्थापन, वडास्तरमा प्रविधिकको पहुँच, बिरुवा वितरण जस्ता कार्यक्रमहरु संचालन गरिनेछ । कृषि सम्बन्धी पालिका स्तरीय तथ्यांक अद्यावधिक, कृषि समुह तथा फर्महरुको व्यवस्थापन तथा किसान सूचिकरण गरी कृषक बर्गीकरण गरिनेछ ।कृषि प्रविधि विस्तारका लागि प्लाष्टिक टनेल, मल्चिङ्ग, प्लाष्टिक, थोपा सिंचाई कार्यक्रम संचालन गरिनेछ ।कृषिलाई आधुनिकिकरण तथा व्यवसायिकरण तर्फ उन्मुख गराई कृषकहरुको आयस्तर बृद्धिमा जोड दिईनेछ । कृषिजन्य बालीवस्तुको संकलन तथा बजारीकरणमा बिशेष पहल गरिनेछ ।

    एक वडा एक बाली पकेट क्षेत्र कार्यक्रमलाई प्राथमिकताका आधारमा अगाडि बढाईनेछ । रसायनिक मल व्यवस्थापन सम्बन्धी कार्यक्रम संचालन गर्दै समस्यालाई न्युनिकरण गर्न किसानलाई जौविक खेति तथा जौविक मल बनाउन तर्फ प्रोत्साहन गरिने छ । गाउँपालिकामा संचालित कृषि पशु लगायतका हाटवजारहरुको उचित अनुगमन तथा मूल्याङ्कन गरी स्तर उन्नती गरिने छ । एक वडा एक प्राविधिक राष्ट्रिय नीतिलाई अवलम्बन गरिने छ । असिंचित क्षेत्रहरुलाई सिंचाईका लागि विशेष कार्यक्रम ल्याईनेछ । खेतीयोग्य जमिन बाँझो रहेको कारण कृषि जन्य वस्तुको उत्पादनमा ह्रास आइ देशको अर्थतन्त्रमा प्रतिकुल असर परेको छ । सोको निराकरणका लागि भूमि बैंकको स्थापना गरी “जोतौ जमिन सारा पारौ हराभरा कार्यक्रम सञ्चालन गरिनेछ । व्यावसायिक कृषकहरूले प्रयोग गर्ने विद्युत कृषि मिटरमा उठेको महशुल रकम वार्षिक रूपमा ५० प्रतिशत अनुदानस्वरूप उपलब्ध गराइनेछ । गाउँपालिकाभित्र स्थानीय आवश्यकताका आधारमा स्तरिय शित भण्डार गृहहरू स्थापना गरिनेछ गाउँपालिकामा उत्पादित कृषि जन्य उपजको संकलन तथा संरक्षण र बजारिकरण गर्न सहकारी मार्फत समन्वय गरी कृषि उपजको समर्थन मूल्य निर्धारण गरिनेछ । दिगो सिंचाईको व्यवस्था गर्न कञ्चन नदी र कोठी नदीबाट लिफ्ट सिंचाई मार्फत खेती योग्य जमिनमा सिंचाईको व्यवस्था गर्न पहल गरिनेछ । लिफ्ट सिंचाईको योजना सम्भव नभएका स्थानहरूमा डिप ट्युवेल र स्यालो ट्युवेल मार्फत सिचाईको सुविधा पुयाइनेछ ।

    पशुसेवा तर्फ

    निर्वाहमुखी रहेको पशुपालनलाई व्यावसायिकरण गर्न आधुनिक प्रबिधि मार्फत गाउँपालिकामा भएका पशुपंक्षी तथा मत्स्य पालक कृषक, समुह तथा सहकारीहरुलाई व्यावसायिक तालिम प्रदान गरिनेछ । पशुजन्य उत्पादन वृद्धि गर्न कृत्रिम गर्भाधान मार्फत पशु नश्ल सुधार कार्यक्रम संचालन गरिनेछ । पशुपंक्षी तथा मत्स्यपालक कृषकहरु, समुह, सहकारीहरुलाई उत्पादन वृद्धि गर्नका लागी प्रोत्साहन स्वरुप साझेदारीमा विभिन्न प्रकारका अनुदान उपलब्ध गराईनेछ । पशुपंक्षीहरुमा लाग्ने महामारी रोग बिरुद्ध रोकथामका लागी खोपको व्यवस्था गरिनेछ । पशुपंक्षी तथा मत्स्य विकासका लागी प्रतिफलमा आधारित अनुदानलाई प्रोत्साहन गरिनेछ । गाउँपालिकाभित्र रहेका प्राकृतिक जलासय र पोखरीहरूलाई संरक्षण गर्दै व्यावसायिक माछा पालन कार्यक्रम संचालन गर्ने समूह / सहकारी / फर्महरूलाई आवश्यक अनुदान उपलब्ध गराइ गाउँपालिकालाई माछा उत्पादनमा क्रमशः आत्मनिर्भर गराउँदै लगिनेछ ।पशुजन्य उत्पादनमा वृद्धि गर्नका लागी पशु आहारा कार्यक्रम संचालन गर्न गाउँपालिका भित्रका पशुपंक्षी तथा मत्स्य पालक कृषकहरुहरुलाई निशुल्क रुपमा घाँसको बिउ उपलब्ध गराइनेछ । पशुपंक्षीहरुमा लाग्ने आन्तरिक तथा बाह्य परजिवि लगायत विभिन्न किसिमका रोगहरुको उपचारका लागी पशु सेवा शाखा मार्फत निशुल्क रुपमा औषधी बितरण कार्यक्रम संचालन गरिनेछ । कञ्चन गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन व्यावसायिक पशुपंक्षी पालक कृषकलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने छ । पशु नश्लसुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने छ । कृषि तथा पशु पालन गर्ने युवा कृषकलाई प्रोत्साहन गर्ने नीति लिईने छ ।पशु सेवाका प्राविधिकहरुलाई क्रमश वडा वडामा पठाई कार्यक्रम संचालन गरिने छ ।

    पर्यटनतर्फ

    धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा राजमार्गदेखि लिङ्ग रोडमार्फत जोडिनेछ सामूदायिक वनहरूलाई धार्मिक तथा पर्यटकीय बनको रूपमा विकास गरी  वन्यजन्तु आरक्षण केन्द्र वा प्राणी उद्यान को रूपमा विकास गर्न  गुरुयोजना तयार गरिने छ । दानापुर ताल, मलावरदेवी मन्दिर, कञ्चन– १ र ३ मा रहेको सुपा देउराली मन्दिर, सुपा देउराली ग्रिन पार्क, सुनगाभा हर्नाचौर पार्क, रूद्रेश्वर मन्दिर, विभिन्न दानापुर ताल, मलावरदेवी मन्दिर, कञ्चन– १ र ३ मा रहेको सुपा देउराली मन्दिर, सुपा देउराली ग्रिन पार्क, सुनगाभा हर्नाचौर पार्क, रूद्रेश्वर मन्दिर, विभिन्न गुम्बाहरू, थारू संग्रहालय, मगर संग्रहालय, बेलभरियामा रहेको ऐतिहासिक वरको ड्ड रूख, चित्रकुटी, मनकामना मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र विकास गरिनेछ । साथै उक्त पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आकर्षित गरिनेछ । नेपालको विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नुहुने वीर सहिदहरूको स्मृतिमा सहिद पार्क निर्माण गरी सहिद स्मृति प्रतिष्ठान स्थापना गरिनेछ ।

    कञ्चन गाउँपालिकाभित्र लघु तथा साना र मझौला उद्योग स्थापनाका लागि संभावनाहरूको खोजी गरी उद्योग ग्रामको स्थापना गरिनेछ । गाउँपालिकाभित्र रहेका आमा समूह तथा युवा क्लबहरूलाई उद्यमशिलतामा परिणत गर्न (साबुन / सर्फ, अचार, माक्स, स्यानटरी, कागजको कप बनाउने, फाइबर झोला, अगरवत्ती बनाउने लगायतका उद्योग)  स्थापनाका लागि प्रोत्साहन गरिनेछ । स्थानीय उद्योगहरूबाट उत्पादित उत्पादनहरूलाई न्यूनतम समर्थन मूल्यमा खरिद बिक्रीको व्यवस्था गरिनेछ । स्थानीय उत्पादनको गुणस्तर मापनका लागि प्रयोगशाला सहयोग, पहिचान सहितको ब्राण्डिङ्गको व्यवस्था, गुणस्तर प्रमाणिकरणका लागि विशेष अनुदानको व्यवस्था गरिनेछ ।

    शिक्षा तर्फ

    न्यूनतम शैक्षिक गुणस्तर कायम गर्न, शैक्षिक गुणस्तर मापदण्ड लागू गरिनेछ । साथै न्यूनतम शैक्षिक गुणस्तर कायम गर्न नसक्ने तथा न्यूनतम संख्या समेत कायम हुन नसकेका विद्यालयको सम्भाव्यता अध्ययन गरी मर्ज गरिनेछ ।संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट छात्र–छात्रा तथा विद्यालयलाई सामुदायिक विद्यालय सरह पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । साथै संस्थागत विद्यालयका छात्राहरूलाई नियमित सेनेटरी प्याड उपलब्ध गराइनेछ । संस्थागत विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि मानव संसाधन विकासमा जोड दिइनेछ ।

    सु–संस्कृत समाज निर्माणसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक एवं अभिभावक लक्षित अभिमुखिकरण कार्यक्रम लागू गरिनेछ । अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि सामुदायिक विद्यालयमा आवश्यक तहगत तथा विषयगत शिक्षकको व्यवस्थापन गरिनेछ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नवीनतम प्रविधिको प्रयोग,गाउँपालिका भित्रको समग्र शैक्षिक अवयव समेट्ने गरी गाउँपालिका शैक्षिक प्रोफाईल र सोका आधारमा आवधिक गाउँपालिका शैक्षिक योजना निर्माण गर्ने व्यवस्था मिलाइएको छ ।

    सामुदायिक विद्यालयको भौतिक पूर्वधार निर्माण र मर्मतका लागि संघ तथा प्रदेश सरकारसँगको समन्वयमा काम गर्ने व्यवस्था गरिएको छ ।

    प्रारम्भिक वाल कक्षा देखी कक्षा ६ सम्म अध्ययन गर्ने वालवालिकाको लागि विद्यालय दिवा खाजा वापत संघीय सरकारबाट उपलब्ध वजेटमा थप गर्ने नीति लिईनेछ ।कञ्चन गाउँपालिकाको धर्म–संस्कृति कला, साहित्य र भौगोलिक परिवेश समेटि कक्षा ६ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरिनेछ ।प्रारम्भिक वाल विकास सहज कार्यकर्ता र विद्यालय कर्मचारीका लागि केन्द्र सरकारबाट प्राप्त तलवमा थप गरी दिनु पर्ने न्यूनतम तलबको व्यवस्था मिलाईने छ । हरेक विद्यालयमा रहेका प्रारम्भिक वाल विकास केन्द्रहरूमा शिशु स्याहार केन्द्र स्थापना गरिनेछ । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्याथाहरुका विश्वसनीय आधारमा मूल्याङ्कन गर्नको लागि कक्षा ५ मा उपलब्धि परीक्षण परीक्षा र कक्षा ८ को अन्त्यमा आधारभूत तह उत्तीर्ण परीक्षा संचालन तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाईने छ । विद्यालय शिक्षक एवम् कर्मचारीहरुको पेशागत दायित्व र मर्यादालाई उच्च राख्न शिक्षक एवम् कर्मचारी सम्मान कार्यक्रमको व्यवस्था गरिने छ । बाल बालिकामा अन्तरनिहित क्षमताको प्रस्फुटन गराइ प्रतिभाको खोजी तथा पहिचान गरी थप प्रोसाहन गर्नका लागि विद्यालय तथा गाउँपालिकास्तरमा विभिन्न बिधामा अतिरिक्त क्रियाकलाप संचालन कार्यलाई निरन्तरता दिइनेछ । सामुदायिक विद्यालयमा ९५ प्रतिशत भन्दा बढी उपस्थित भइ उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने कार्यको थालनी गरिनेछ । गाउँपालिका स्तरीय शैक्षिक नीति तथा योजना निर्माण गरी क्रमिक रुपमा कार्यान्वयन गरिनेछ

    गाउँपालिका भित्र संचालित विद्यालयहरुमा एकरुपता हुने आवधिक परीक्षा तथा आधारभूत तह उत्तीर्ण परीक्षा गाउँपालिका स्तरमा संचालन तथा व्वस्थापन गरिनेछ । विद्यालयमा हुने भौतिक निर्माण तथा मर्मत संभार कार्यलाई विद्यालय सुधार योजनाका आधारमा व्यवस्थित गर्दै अपांगमैत्री संरचना बनाइनेछ ।सामुदायिक सिकाइ केन्द्रहरुबाट संचालन हुदै आएका सीपमूलक र आयमूलक तालिमलाई व्यवस्थित गर्दै सम्बन्धित सरोकारवाला संस्थाहरुसँग समन्वय गर्दै सञ्चालनमा निरन्तरता दिइनेछ ।

    सामुदायिक शिक्षालयहरूमा नर्सिङ्ग सेवाको पहुँचका लागि संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा नर्सको व्यवस्था गर्ने कार्य अगाडी बढाइनेछ । साथै छात्राहरूका लागि निशुल्क सेनिटरी प्याडको लागि भेन्डिङ्ग मेशिनको व्यवस्था गरिनेछ ।गाउँपालिकाभित्र रहेको एकमात्र हरैया बहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्रको रूपमा विकास गरी प्राज्ञिक उन्नयनका लागि नियमित अनुदानको व्यवस्था गरिनेछ साथै बिबिए कक्षा सञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।

    युवा तथा खेलकुद विकास तर्फ

    गाउँपालिका स्तरिय खेलकुद विकास समिति गठन गरिनेछ ६६. निर्माणाधिन रूपमा रहेका खेलग्रामको कार्यलाई निरन्तरता दिइनेछ । हरेक विद्यालय तथा युवा क्लबहरूमा खेलकुद विकास समितिको अगुवाइमा खेलाडी छनौट, खेल प्रशिक्षक प्रशिक्षण तथा सोका लागि आवश्यक स्रोत साधन उपलब्ध गराइनेछ । राष्ट्रपति रनिङ्ग शिल्ड तथा गाउँपालिका खेल प्रतिभा सञ्चालनलाई निरन्तरता दिइनेछ खेल सप्ताह कार्यक्रमलाई निरन्तरता दिइनेछ । प्रत्येक वडामा वडा अध्यक्ष कप खेल सञ्चालन गरिनेछ । गाउँपालिका स्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता र उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ । उत्कृष्ण खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ

    महिलाहरुको सक्रिय सहभागितामा स्थापना हुने र सञ्चालनमा रहेका लघु उद्योगहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ । लैङ्गिक हिंसा निवारण तथा तत्काल उद्दार तथा राहत कोष संचालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ । बालबालिकाहरुमा हुने शारीरिक, मानसिक तथा यौनजन्य दुर्व्यहार तथा जघन्य अपराध न्यूनिकरणका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ । अपात भएका व्यक्तिहरुको क्षमता विकास कार्यक्रमका लागि विशेष प्राथमिकता दिईनेछ । बाल क्लबहरु गठन गरी पालिकास्तरमा बाल सञ्जाल निर्माण गरी क्षमता विकास गरिनेछ । संरक्षकत्त्व गुमाएका बालबालिकाको पुनःस्थापना तथा सुरक्षित आवास कार्यक्रम संचालन गरिनेछ ।

    असहाय र विपन्न परिवारका महिलाहरुलाई क्षमता विकास तथा सिपमुलक तालिमहरु प्रदान गरी सक्षम र आत्मनिर्भर बनाउने नीति लिईनेछ । ज्येष्ठ नागरिक मिलन केन्द्र, बाल उद्यान, अनाथालय, अपाङ्गता विद्यालय आदिलाई थप व्यवस्थित र प्रभावकारी बनाईनेछ । सुनौलो हजार दिनका बालबालिकाहरुको स्वास्थ्य प्रवद्धन गरी कुपोषणमुक्त गराइनेछ । बाल विवाह, दाइजो प्रथा विरुद्ध चेतनामूलक एवम् क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु सञ्चालन गरिनेछ ।महिलाहरूलाई आन्मनिर्भर र सशक्तिकरण गर्न विभिन्न तालिम सञ्चालन गरिनेछ साथै उद्यमशिल र स्वालम्बी बनाउन आर्थिक तथा प्राविधिक सहयोग गरिनेछ ।

    स्वास्थ्य तर्फ

    अति विपन्न नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाको उपचारको व्यवस्थापन गर्न  स्वास्थ्य विमा कार्यक्रम निःशुल्क गरिनेछ ।प्रसुती केन्द्रमा सबैको पहुँच पुयाउन कञ्चन– २ को गजेडी स्वास्थ्य चौकिमा वर्थिङ्ग  सेन्टर विस्तार गरिनेछ । गाउँपालिकाबाट दुईवटा स्वास्थ्य चौकीमा संचालित प्रयोगशालालाई व्यवस्थित गरी गर्भवती महिलाहरुको अनिवार्य जाँच गर्नुपर्ने सेवालाई निःशुल्क गरिनेछ । स्वास्थ्य सेवाको पहुच बढाउन आगामि आ.व.मा दुई वटा स्वास्थ्य चौकी मातहत रहने गरी एम्बुलेन्स सेवा संचालन गरिनेछ ।

    ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिँदै ७० वर्ष माथिका सबै नागरिकको न्यूनतम स्वास्थ्य जाँच वर्षको दुई पटक घरमै गएर गरिने व्यवस्था मिलाईनेछ । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमलाई परिमार्जित गरी गाउँपालिकाबाट संचालित वर्थिङ्ग सेन्टरमा प्रसुती हुने महिलाहरुलाई तत्काल पोषणयुक्त खानेकुरा वितरण गर्ने व्यवस्था मिलाईनेछ ।

    स्वास्थ्य क्षेत्रमा स्वयंसेवकको रुपमा खट्नुहुने सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन गरिने नीति निरन्तर राखिनेछ ।. कुपोषण मुक्त कञ्चनको कार्यक्रमलाई मुर्त रुप दिन कुपोषित बच्चाको लगत ८८ पुन्याइनेछ । सबै स्वास्थ्य संस्थाहरुलाई भौतिक पुर्वाधारयुक्त बनाउन बाँकी रहेका कामलाई अगाडि बढाईनेछ । १५ शैयाको अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखी सबै सेवाको पहुँच पुराउने, कुपोषण मुक्त कञ्चनको कार्यक्रमलाई मुर्त रुप दिन कुपोषित बच्चाको लगत संकलन गरी उपचारको कार्यक्रम सञ्चालन गरिनेछ ।

    १५ शैयाको अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखी सबै सेवाको पहुँच पुन्याइनेछ ।सबै स्वास्थ्य संस्थाहरुलाई भौतिक पुर्वाधारयुक्त बनाउन बाँकी रहेका कामलाई अगाडि बढाईनेछ, कुनै पनि नागरिकलाई स्वास्थ्य सेवामा बञ्चित नहुने गरी आकस्मिक स्वास्थ्य सेवा आधारभुत स्वास्थ्य केन्द्र मार्फत उपलब्ध गराउने र स्वास्थ्य निकायहरुलाई स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिश्चित गराउने माध्यम बनाईने छ ।

    स्वास्थ्य सेवा प्रदायक व्यक्ति तथा संस्थालाई नागरिकको स्वाथ्यप्रति संवेदनशील र जिम्मेवार बनाउन नियमनकारी निति अवलम्बन गरिनेछ,नेपालमा संक्रामक रोगको प्रभावकारी नियन्त्रण नभैसकेको अवस्थामा नयाँ–नयाँ संक्रामक रोग र उपेक्षित ट्रपिकल रोगहरु महामारीकै रुपमा देखा पर्न थालेको, खुला सिमाना, जलवायु परिवर्तन, प्राकृतिक विपद्, पशु संसर्ग र उपयुक्त खोपहरुको अभावले गर्दा कतिपय संक्रामक रोगहरुको नियन्त्रणमा परेको कठिनाईलाई संबोधन गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरी प्रभावकारी कार्यक्रम संचालन गरिने छ ।

    आमा, नवजात शिशु, बालवालिका र किशोरीहरुको स्वास्थ्य प्रवर्द्धनमा अत्यन्त महत्त्वपूर्ण सेवाको सहज–सुलभ एवं प्रभावकारी रुपमा स्थानीय जनताको पहुँच,आमा, नवजात शिशु, बालबालिका र किशोरीहरुको स्वास्थ्य प्रवर्द्धनमा अत्यन्त महत्त्वपूर्ण सेवाको सहज–सुलभ एवं प्रभावकारी रुपमा स्थानीय जनताको पहुँच पुरÞ्याउन आवश्यक दक्ष जनशक्तिको परिचालन र वृत्ति विकासको सुनिश्चितता गरिनेछ ।

    यस कञ्चन गाँउपालिकालाई २०८२ सम्ममा वालमैत्री गाँउपालिका घोषणा गरिने छ, जसको लागि यस आ.व २०७९÷८० देखि नै विभिन्न विषयका सूचकहरुलाई लक्ष्य अनुसारको प्रगति हासिल गर्नका लागि सम्वन्धित शाखाहरुलाई जिम्मेवार बनाईने छ ।

    महिला स्वास्थ्य स्वयंसेविकालाई दिदै आएको यातायात खर्च, खाजा, अक्षय कोष लगायतका सुविधाहरुलाई स्रोतका आधारमा थप गरी समयानुकुल वृद्धि गरिनेछ ।विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुलाई स्वास्थ्यकर्मीद्वारा सामान्य चेकजाँच गर्नुका साथै स्वास्थ्य शिक्षालाई समेत प्रभावकारी वनाईने छ । गाउँपालिका क्षेत्रभित्रका असहाय, अशक्त, अपाङ्गहरुलाई आवश्यकताको आधारमा उपलब्ध भएसम्म निःशुल्क एम्वुलेन्स सेवा दिईने नीति लागू गरिने छ । विपद् एवम् मानवीय स्वास्थ्य उपचार बाहेक अन्य क्षेत्रमा प्रदान गरिने आर्थिक सहायतालाई निरुत्साहित गरिनेछ ।

    आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, होमियोपेथी लगायत अन्य वैकल्पिक चिकित्सालाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिने छ । नसर्ने रोग व्यवस्थापनका लागि आयुर्वेद तथा योग चिकित्सालाई अझ प्रभावकारी सचालन गरिने छ ।विपद् एवम् मानवीय स्वास्थ्य उपचार बाहेक अन्य क्षेत्रमा प्रदान गरिने आर्थिक सहायतालाई निरुत्साहित गरिनेछ ।आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, होमियोपेथी लगायत चिकित्सालाई प्रवर्द्धन गर्ने नीति अबलम्बन गरिने छ । नसर्ने रोग व्यवस्थापनका लागि आयुर्वेद तथा योग चिकित्सालाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।

    ६० वर्षमाथिका सबै नागरिकहरू, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू र अति विपन्न भनी प्रमाणित भएका नागरिकहरूलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था क्रमशः गरिनेछ ।वृद्ध तथा अपाङ्ग नागरिकहरूलाई घुम्ती स्वास्थ्य कार्यक्रम अन्तर्गत पाठेघरको क्यान्सर, स्तन क्यान्सर, मृगौला, आँखाको निःशुल्क परीक्षण वार्षिक दुई पटक गर्ने व्यवस्था मिलाइनेछ ।

    वातावरण विपद व्यवस्थापन खानेपानी सरसफाई तथा स्वच्छतातर्फ

    वातावरण संरक्षणका लागि वैकल्पिक उर्जा - बायाे ग्याँस, सुधारिएको चुलो र सौर्य उर्जा जडानलाई प्रोत्साहन गर्ने नीति लिईनेछ । खानेपानीका श्रोतहरुको संरक्षणमा ध्यान दिइने नीति अवलम्वन गरिनेछ । विपद् व्यवस्थापन सम्बन्धी नीति तयार गरी सोहि अनुसार लागू गरिनेछ ।विपद व्यवस्थापन कोषलाई निरन्तरता दिई अझ प्रभावकारी रुपमा परिचालन गर्ने नीति अवलम्वन गरिनेछ । विपद् व्यवस्थापन योजना र प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याईनेछ । बिपद् तथा जोखिम न्यूनिकरण र उद्धार कार्यका लागी पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धी गर्दै जाने नीति अवलम्वन गरिनेछ । छाडा पशु चौपायाहरूको नियन्त्रण तथा सुरक्षाका लागि छिमेकी पालिका तथा सामुदायिक वनहरूसँग समन्वय गरी गौशाला स्थापना गर्नुका साथै गौशालाबाट संकलित मलमूत्रलाई प्रारंगिक मल उत्पादन गरी रासायनिक मललाई प्रतिस्थापन गरिनेछ ।खेती योग्य जमिन बाँझो राखे कार्यलाई निरुत्साहित गरिनेछ ।

    सम्पूर्ण गाउँपालिका बासिन्दाहरुमा सुरक्षित र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्दै लगिने नीति अवलम्वन गरिनेछ । उपयुक्त स्थानमा ल्याण्डफिल्ड साइटको पहिचान गरी निर्माण कार्य अगाडि बढाइने । मुख्य बजारको सरसफाइ प्रवर्द्धनका लागि निजि क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढने नीति अवलम्वन गरिनेछ । बजार तथा मेला लाग्ने स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्दै सोको सञ्चालनको जिम्मेवारी स्थानीय व्यक्ति तथा संस्थालाई नै दिने नीति अवलम्वन गरिनेछ । विभिन्न घोला तथा कुलाहरुको सफाइ गरी ताल तलैया तथा नदी नालाहरुको संरक्षणका लागी फोहोर फाल्ने र बिषादी राख्ने कार्यलाई दण्डित गर्ने नीति लिइनेछ । सामुदायिक वन तथा सार्वजनिक स्थानहरूमा जडिबुटी खेती गर्न योजना बनाई कार्यान्वयन गरिनेछ ।

    भौतिक पूर्वाधार विकास तर्फ

    गाउँपालिका भवन परिसरमा बगैचा निर्माणलाई बजेटको व्यवस्था गर्दै निर्माण कार्य अगाडि बढाइने छ । गाउँपालिका भित्र आवश्यक पर्ने ठाउँमा सार्वजनिक शौचालय निर्माणका लागि बजेटको व्यवस्था गरिनेछ । उपोभक्ता समिति गठनमा भएको ढिला सुस्तीलाई सुधार्दै सम्पूर्ण सम्झौताहरु चैत्र मसान्तसम्ममा सक्ने लक्ष्य राख्दै पूँजीगत खर्च बढाइ दीगो बिकास तर्फ अग्रसरता लिइनेछ । उपोभक्ता समितिलाई दिने तालिमका साथ साथै सिकर्मी र डकर्मी तालिम, प्राविधिकहरुलाई समेत बिभिन्न स्तरोन्नतीमूलक तालिम गराउने व्यवस्था गरिनेछ । “फराकिलो सडक, विकासको पूर्वाधार“ भन्ने नारालाई अवलम्बन गर्दै गाउँपालिका त्चबलकउयचतबतष्यल ःबकतभच एबिल बनाई सोहीअनुसार सडक निर्माणलाई प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्ने साथै मूख्य सडकलाई चौडागरी स्तरन्नोती गर्दै ब्क्एज्ब्ीत् एब्ख्भ्ःभ्ल्त् सहितको कालोपत्रे गरिनेछ । घर नक्शा पासलाई निरन्तरता दिई थप कडाईका साथ नियमन गरिनेछ ।ठुला योजना तथा पुल निर्माणका लागि संघीय सरकार तथा प्रदेश सरकालाई अनुरोध गरी कार्यान्वयन गर्ने नीति लिईनेछ ।

    भौतिक पूर्वाधार निर्माणमा सार्वजानिक खरिद ऐन र कञ्चन गाउँपालिकाको सार्वजानिक खरिद नियमावालीलाई अनुशरण गरिनेछ ।कच्चन गाउपालिकाका वडा न. ३ जिग्निहवामा विद्युत सव स्टेशन निर्माण कार्य प्रारम्भ गरिनेछ ।कञ्चन गाउँपालिकाको रिङ्गरोड निर्माणको अवधारणालाई पूर्णता दिइनेछ । लामो समयदेखि प्रयोग हुँदै आएका तथा कालोपत्रे हुन बाँकी रहेका सबै सडकहरूको स्तरोन्नती गरी कालोपत्रे गरिनेछ ।हालसालै बन्दै गरेका सडक सञ्चालको स्तरोन्नती गरी हेभी ग्राभेल गरिनेछ । गाउँपालिकाका मूख्य चोकहरूमा सिसिटिभि क्यामेरा जडान गरिनेछ । गाउँपालिका भित्रका मूख्य सडकहरूमा सेन्सर जडित स्मार्ट सडक वत्तीहरूको व्यवस्थापन गरिनेछ । गाउँपालकाभित्रका आवश्यक स्थानहरूमा कल्भर्ट, ह्युम पाइप र ढल व्यवस्थापन गरिनेछ । मुख्य–मुख्य स्थानहरूमा सार्वजनिक शौचालय निर्माण गरी सो–को व्यवस्थापकिय जिम्मा टोल विकास संस्था, स्थानीय संघ–संस्था र आमा समूहहरूलाई दिइनेछ । फायरलाइन –लुम्बिनी सडकको फायरलाइन चोकमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

    कञ्चन गाउँपालिकाभित्र विद्युतीय बुष्टर चार्जिङ्ग स्टेशन स्थापना गरिनेछ ।स्थानीय नागरिकको यातायातको सुविधामा पहुँच बढाउन यातायात व्यवसायीसँग समन्वय गरी आन्तरिक रुपमा सावर्जनिक यातायात सञ्चालन गरिनेछ ।

    प्रधानमन्त्री रोजगार/सामाजिक परिचालन तथा उद्यम विकास तर्फ

    यस पालिकामा सुचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई न्युनतम रोजगारी प्रदान गरी सार्वजनिक पुर्वाधारको विकास निर्माण सँगै सामाजिक संरक्षणको प्रत्याभूति गराईनेछ ।यस स्थानीय तहले सञ्चालन गर्ने योजना तथा आयोजनाहरुमा आवश्यक श्रमिकहरु पूर्ति गर्दा रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिईनेछ । गाउँपालिका तथा वडागत आयोजनाहरु प्रधानमन्त्री राजगार कायक्रमसंग साझदारी गरी सञ्चालन गरिनेछ । गाउँपालिका अन्तर्गत सुचिकृत बेरोजगार व्यक्तिहरुलाई स्वरोजगार बनाउन तथा सिपयुक्त बनाउन सिपमुलक तालिम दिई सोही प्रकारका काममा सेवाकालिन तालिमको व्यवस्था गरिनेछ । वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई पूर्व प्रस्थान अभिमुखिकरण लगायतका अन्य वैदेशिक रोजगारसँग सम्बन्धित तालिमहरुको व्यवस्था गरिनेछ ।

    विभिन्न तालिम प्रदायक संघसंस्था, शाखा कार्यालयहरु तथा वडा कार्यालयहरु मार्फत भएका तालिमहरुको तथ्यांक अध्यावधिक गर्ने तथा उक्त तालिमहरुबाट भए गरेका उपलब्धिहरुसँग सम्बन्धित स्वरोजार तथा रोजगारीको चित्रण गरिनेछ । रोजगार सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन प्रभावकारी बनाउन यससँग सम्बन्धित विभिन्न अभिमुखिकरण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

    गाउँपालिकाको प्रत्येक वडामा एक महिला उद्यम केन्द्रको स्थापना गरी सञ्चालन गरिनेछ । विपन्न वर्ग तथा समुदायका महिलाहरुको आर्थिक श्रोत साधनमा पहुँच बढाउन आय आर्जन र महिला सशक्तिकरण कार्यक्रमहरु सञ्चालन गरिनेछ । पिछडिएका वर्ग र समुदायलाई व्यावसायिक कृषि र लघु उद्यममा विशेष प्राथमिकता दिईनेछ । वेरोजगार युवायुवतीलाई सिपमुलक उद्यमशिलता तालिम दिई स्वरोजगारका लागि प्रोत्साहन गरिनेछ ।

    संस्थागत विकास तथा सुशासन तर्फ

    सेवा प्रवाहलाई प्रभावकरी, पारदर्शिता र जवाफदेही बनाउन विद्युतीय शासन (भ नयखभचलबलअभ) को अवधारण कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधिलाई विकास गर्दै लगिनेछ । यस कञ्चन गाउँपालिकाले अन्य पालिका तथा अन्य विदेशी संस्थाहरुसँग कृषि एवम् पर्यटन क्षेत्रको विकासका लागि भगिनी सम्बन्ध कायम राख्ने नीति अवलम्बन गरिनेछ । फरक क्षमता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गर्दा पहिलो प्राथमिकता दिइनेछ । न्याय सम्पादन ढिलो हुनु, न्याय नपाउनु सरह हो भन्ने कानूनी सिद्धान्तलाई अंगिकार गर्दै कञ्चन गाउँपालिकाको न्यायिक समितिबाट छिटो छरितो र सर्वसुलभ न्याय सम्पादन गर्ने कार्यलाई विषेश जोड दिइनेछ ।

    राष्ट्रसवेक कर्मचारीहरुको मनोवल उच्च राख, कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न आन्तरिक पर्यटन काजलाई निरन्तरता दिईनेछ । न्यूनतम तलबमानमा काम गरिरहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको तलब स्केललाई स्रोतका आधारमा समयानुकुल बनाईनेछ ।

    कानूनको अज्ञानता क्षम्य हुदैन भन्ने कानूनी सिद्धान्तलाई मध्यनजर गर्दै कंञ्चन गाउँपालिकाका ग्रामिण क्षेत्रमा सर्वसाधारणमा कानून सम्वन्धी जानकारी गराउन कानूनी सचेतनाका कार्यक्रम संचालन गरिनेछ ।मानव अधिकारको प्रवर्द्धन, सहिष्षुणता र सदभाव, सामाजिक न्याय कायम राख्न न्यायिक समिती र मेलमिलाप केन्द्रहरुको काम कारवाहीलाई थप प्रभावकारी बनाउदै लगिने छ ।

    सार्वजनिक, निजि र सहकारी मार्फत स्थानीय स्रोत र साधनलाई परिचालन गरी दीगो विकास गर्ने तर्फ ध्यान दिइने छ । सहकारी संस्थाहरुको क्षमता विकास गर्न विभिन्न किसिमका तालिम संचालनको लागी आवश्यक बजेटको व्यवस्था मिलाइने छ ।

    करको दायरामा आउनुपर्ने तर अझैसम्म नआएका व्यक्ति, निकाय वा क्षेत्रको तथ्याङ्क भण्डार डाटा बैंक तयार गरी सोही आधारमा दर्ता तथा कारवाहीको प्रक्रियालाई गुणस्तरिय रुपमा अगाडि बढाइने छ । एकीकृत बजार अनुगमनलाई अभियानकै रुपमा गाउँपालिका भरी संचालन गरिने छ।इन्टरनेट र अनलाइनको माध्यमबाट सफ्टवेयर प्रोगाम जस्ता अदृश्य सेवाहरुको कारोबार गर्ने तर करको दायरामा नआउने प्रवृत्ति देखिएको छ । सम्बद्ध निकायसँग समन्वय गरी करको दायरामा तत्काल ल्याइने छ । करसँग सम्बन्धित विषयमा आवश्यक प्राविधिक ज्ञान र सीप वृद्धि तथा निर्वाचित पदाधिकारी र सम्बन्धित कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सम्बन्धित सबै निकायसँग सहकार्य गरी आय तथा राजश्व व्यवस्थापनमा जोड दिइने छ । १६३. करलाई सेवाग्राहीको सिफारिससँग जोडी असुल गर्न पहल गरिने छ ।

     व्यवसाय दर्ता र नविकरणलाई प्रभावकारी बनाउन आवश्यक प्रचार–प्रसार गरी सूचिकृत गरिने छ । स्थानीय नागरिकहरुलाई सहज रुपमा कर तिर्ने बानीको विकास गर्न जनचेतना अभिवृद्धि गर्दै लगिने छ ।राजश्व सङ्कलन क्षमता अभिवृद्धिको लागि प्रत्येक आ.व.मा बढी कर तिर्ने व्यक्ति र संस्थालाई कर दिवसको अवसरमा गाउँपालिकाबाट औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गर्दै लगिने छ । राजश्व संकलनमा औपचारिक तथा अनौपचारिक रुपमा संलग्न कर्मचारीलाई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सिर्जना गर्न उचित प्रोत्साहनको व्यवस्था गरिने छ । आन्तरिक लेखापरीक्षण सम्बन्धी वार्षिक योजना बनाई एक आ.व.मा त्रैमासिक रुपमा आन्तरिक लेखापरीक्षण गरिने व्यवस्था मिलाइनेछ । लेखा परीक्षणका सर्वमान्य सिद्धान्त नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारीतालाई केन्द्रबिन्दुमा राखि आन्तरिक लेखापरीक्षण गरिने छ । आन्तरिक राजश्व संकलन गर्ने सबै वडा कार्यालयहरुको स्थलगत रुपमा कार्यालयमै गई लेखा परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।

    लेखा परीक्षणका नविनतम प्रवृतिहरु सूचना प्रविधिमा आधारित लेखापरीक्षण, वातावरणीय लेखा परीक्षण, लैङ्गिक लेखापरीक्षणलाई क्रमशः आत्मसात गर्दै लगिनेछ ।आर्थिक कारोवारसँग सम्बद्ध कुनै कर्मचारीको सरुवा वा सेवानिवृत हुँदा अनिवार्य रुपमा लेखापरीक्षण गरेर मात्र  अवकाश पत्र दिइनेछ ।कर्मचारीहरुको पेशागत व्यावसायिक दक्षता अभिवृद्धि गरिनेछ । कर्मचारीहरुको उत्प्रेरणा र मनोबल उच्च राख्न प्रोत्साहित गर्दै लगिने छ । वेरुजुलाई कम गर्दै क्रमशः शुन्य वेरुजुको नीति अवलम्वन गरिनेछ । पुराना वेरुजुहरु असुलउपर र फर्छयौटमा जोड दिइने छ । गाउँपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सेवा प्रवाहमा नागरिकको सहज पहुँचको व्यवस्था मिलाइने छ । सबै नागरिकहरुको जानकारीका लागि गाउँपालिका र वडा कार्यालयमा नागरिक वडापत्र अद्यावधिक गरिनेछ । गाउँपालिका क्षेत्रको एकिकृत जिन्सी प्रणालीको अवलम्बन गरिने छ । विद्युतिय जिन्सी प्रतिवेदन प्रणालीको अनुसरण गरिनेछ ।

    सुचनाको हक प्रत्येक नागरिकको पहुँचसम्म पुयाइने नीतिलाई अवलम्बन गरिने । कला, संस्कृति र साहित्यको श्रीवृद्धिका लागि सामुदायिक चचनलयको स्थापना आदिवासी जनजाति, दलित, लोपोन्मुख अल्पसंख्यक जातजातिको भाषा, कला, चौक नीति लिइनेछ ।

    गाउँपालिकाको आर्थिक प्रशासन शाखाबाट हुने समपुर्ण भुक्तानी अनलाइन मार्फत गरिनेछ । राजश्व भुक्तानी प्रक्रियालाई सहज बनाउन भ्–एबथmभलत माध्यमको अवलम्बन गरिनेछ ।सूचनाको हक प्रत्येक नागरिकको पहुँचसम्म पुयाउने नीतिलाई अवलम्वन गरिनेछ, कला, संस्कृति र साहित्यको श्रीवृद्धिका लागि सामुदायिक वाचनालयको स्थापना गरिनेछ । आदिवासी जनजाति, दलित, लोपोन्मुख, अल्पसंख्यक जातजातिको भाषा, कला, संस्कृति संस्कार संरक्षण र चौतर्फी विकासको नीति लिइनेछ ।हेलो अध्यक्ष कार्यक्रम संचालन गरी जनताका गुनासो तथा सुझावहरू सुनी कार्यान्वयन गरिने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij