images

शनिवार, बैशाख ८ गते २०८१

बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्तावप्रति आपत्ति

बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्तावप्रति आपत्ति

images
images
images
शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्तावप्रति आपत्ति
    बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डे

    रुपन्देही, १० असार ।
    बुटवलमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको बुटवल मण्डपको नाममा गिरिजाप्रसाद कोइरालाको नाम थप्ने उपमहानगरको योजनाप्रति विभिन्न राजनीतिक दल, संघ–संस्था तथा स्थानीयले आपत्ति जनाएका छन् । यस्ता आयोजनामा प्रत्येक पटक आउने सरकारले आफ्ना नेताको नाम थप्दै जाँदा त्यसको महत्व घट्ने बताउँदै उनीहरुले यस्तो संस्कारलाई रोक्न आग्रह गरेका छन् ।

    images
    images
    images

    पूर्वपश्चिम राजमार्गसंगै जोडिएको बुटवल मण्डपको १६ विगाह क्षेत्रमा हाल संघीय बजेट अन्तर्गत बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माण भइरहेका छन् । २०७१ सालदेखि यहाँ निर्माणको काम भइरहेको छ । ११ औं नगरसभामा नगरप्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको नामका अगाडि गिरिजाप्रसाद कोइरालाको नाम राख्ने प्रस्ताव नीति तथा कार्यक्रममा राखेका छन् ।

    कांग्रेस बुटवल उपमहानगर सभापति समेत रहेका पाण्डेले ल्याएको प्रस्ताव नगरसभामा बहसमत भएकाले पारित हुने भए पनि गठबन्धनमै रहेका अन्य दल, कांग्रेस निकट व्यवसायी, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) तथा स्थानीयले विरोध गरेका छन् ।
    कांग्रेस निकट व्यवसायी रोशन कंडेलले यस्ता ठूला आयोजनाको नाममा नेताहरुको नाम जोडेर विवादमा तान्न नहुने जनाएका छन् । ‘म कांग्रेस निकट व्यवसायी हुँ, यहाँ यो आयोजना आउनुपर्छ भनेर धेरैपटकका आन्दोलनमा सहभागी भएको छु तर यसमा नेताहरुको नाम जोडेर विवादमा पार्नु राम्रो होइन’ उनले भनेका छन् ।

    बुटवलका युवा व्यवसायी युवराज रानाले बहुमतको दम्भमा यस्ता आयोजनामा नेताको नाम जोडिनु राम्रो नहुने बताएका छन् । ‘अहिले कांग्रेसको बहुमत छ, भोलि एमाले, माओवादी, केन्द्र, राप्रपाको आउला, यसरी आफ्ना नेताको नाम जोड्दै जाने रोग बस्न सक्छ, यस्ता विषयलाई समयमै ध्यान दिन जरुरी छ’उनले भने ।

    रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सबैको अपनत्व हुने गरी नाम राखिएको बुटवल मण्डपको नाम फेर्न आवश्यक नै नरहेको बताएका छन् । पौडेलले भने,‘यसमा सबैको अपनत्व हुने नाम छ, कुनै नेताको नाम जोड्न आवश्यक छैन, अनावश्यक विवादमा पार्ने काम नगरौं ।’

    नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित प्रदेश सांसद दीपा वि.क.ले बुटवल मण्डपलाई नाम फेर्न आवश्यक नरहेको बताएकी छन् । ‘बुटवल मण्डप बुटवल मण्डप नै रहनुपर्छ, यसको नाम फेर्न र जोड्न आवश्यक छैन’ उनले भनेकी छन् ।

    बुटवल उपमहानगरमा एमालेका तर्फबाट प्रतिनिधित्व गरेका नकुल शाहीले बहुमतको आधारमा यहाँको गौरवको आयोजनाको नाम फेर्ने विषय स्वीकार गर्न नसकिने बताए । ‘ मेयर सापले प्रस्ताव गरेको विषयमा तत्काल मैले आपत्ति जनाएको छु, यसलाई बहुमतका हिसाबले लैजान खोजिए राम्रो नहुने भनिएको छ’ शाही भन्छन् ।

    नेकपा एमाले बुटवल नगर कमिटीले प्रस्ताव फिर्ता लिन माग गरेको छ। एमाले बुटवल उपमहानगरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुर्ववत नाम कायम नगरे पार्टीले बुटवल मण्डपको नाम फेर्ने  प्रस्ताव व्यक्तिवादी र आत्मकेन्द्रीत भएको आरोप लगाएको छ।

    एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले यति लामो समयसम्म एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले योजनाको सुरुवात गरेर अगाडि बढाउँदा पनि सबैको अपनत्व नाम राखिएकोमा अहिले फेर्न खोजिएको नामप्रति आपत्ति भएको बताए । ‘काम गर्ने कालु मकै खाने भालु भने जस्तै भएको छ, अहिलेसम्म कुनै सरोकार नै नभएका व्यक्तिको नाम जोडेर अब यसलाई विवादमा पार्न खोजिएको छ, यो हामीलाई सैह्य हुनेछैन’ ज्ञवालीले भने ।

    नगरप्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेकोले बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राखिने जनाएका छन् । उनले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा नेकपाका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र बुटवल उपमहानगरपालिकाका पूर्व नगरप्रमुख सूर्यप्रसाद प्रधानको प्रतिमासहितको पार्क निर्माण गरिने जनाए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij