images

बिहिवार, चैत्र १५ गते २०८०

कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने 

कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने 

images
images
images
आइतवार, आषाढ १२ २०७९
आइतवार, आषाढ १२ २०७९
  • कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने 

    भैरहवा, १२ असार ।
    नेपाली कांग्रेस रुपन्देहीले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा बधाई दिने भएको हो । जनताको कामलाई छिटोरितो, प्रभावकारी रुपमा सञ्चालन तथा हौसला प्रदान गर्ने उद्देश्यले पार्टीले जनप्रतिधिधिलाई सम्मान गर्न लागेको हो । 

    images
    images
    images

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्वमा निर्वाचनपछि पहिलो पटक आइतबार भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले निर्वाचन लगत्तै जनप्रतिनिधिहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुुपरेको र अहिले उक्त कार्यमा सकिएलगत्तै यही असार १८ गते शनिबार दिउँसो भैरहवास्थित युनिक बैनक्वीटमा दिउँसो २ बजे सम्मान तथा बधाई कार्यक्रम राख्ने निर्णय गरेको हो । यसलगत्तै पार्टीले विज्ञहरुलाई बोलाएर सबै निर्वाचित जन प्रतिनिधिहरुलाई प्रशिक्षण पनि दिने भएको छ । कार्यक्रमको लागी पार्टी उपसभापति डा. अनिता ढुुंगाना शाहको संयोजकत्वमा तयारी समिति समेत गठन गरिएको सचिव हरि काफ्लेले जानकारी दिए । 

    त्यस्तै कांग्रेसले स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धांधलीरहित रुपमा सम्पन्न गराउने र गराउन सहयोग गर्ने निर्वाचन कार्यलय, सुरक्षाकर्मी, सञ्चारकर्मी, पार्टीका नेता तथा कार्यकर्ता, शुुभेच्छुक एवं भातृसंस्था एवं मतदानमा सहभागी हुने आम मतदातालाई समेत धन्यवाद दिएको छ । 

    बैठकमा बोल्दै कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले निर्वाचित जनप्रतिनिधिहरुलाई आफूलाई शासक नठानी जनताको सेवक भएर काम गर्नुुपर्ने बताए । उनले स्थानीय तहसँग जनताको धेरै अपेक्षा र भरोषा रहेको भन्दै जनताको विश्वासमा आघात नपुुग्ने गरी काम गर्नुुपर्नेमा जोड दिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij