images

शुक्रवार, चैत्र १६ गते २०८०

नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : विष्णु पौडेल

नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : विष्णु पौडेल

images
images
images
सोमवार, आषाढ १३ २०७९
सोमवार, आषाढ १३ २०७९
  • नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : विष्णु पौडेल

    बुटवल, १३ असार ।
    नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकतालाई आग्रह गरेका छन् । 

    images
    images
    images

    मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सरल जीवनको छुट्टै महत्व हुने बताए ।

    कुनै ठूलो उपाधि ओलम्पियन जितेर आएकालाई सम्मान गर्न उनले आग्रह गरे । ’नेता काठमाडौंबाट जिल्लामा आउँदा गाडी छैन भने, बरु एउटा गाडी पठाइदिनुस् । तर गाडीका लस्कर, नेता/कार्यकर्ता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक छैन,’ उनले भने । 

    पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने । 
    मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको पौडेलले बताए । जनताको बहुदलीय जनवादका अलगअलग विशेषतालाई नागरिकबीच पुर्याउन आफू निरन्तर लागिरहेको उनको तर्क थियो । (न्युज कारखाना)

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij