२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

प्रचण्डलाई घनश्यामको जवाफ– तपाईंले एमालेमा रोपेको बीउ उम्रिन्न, हाइब्रिड चाहिन्छ

बुधवार , आषाढ १५, २०७९

काठमाडौं, १५ असार । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने पुष्पकमल दाहाल (प्रचण्ड) को दावीप्रति असहमति जनाएका छन् । वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दावी गरे ।

नेता भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ती हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । रैथाने परापूर्वका बीउले अहिलेको आवश्यकता पूरा गर्न सक्दैनन् । हाइब्रिड बनाउँदै अझ उत्पादन गर्ने बीउ चाहिन्छ । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’

आजै आयोजित कार्यक्रममा प्रचण्डले एमालेभित्र माओवादीको बीउ रोपेको र केही समयमा फल्ने बताएका थिए ।