२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

माओवादीको कुनै भविष्य छैन भन्नेमा प्रचण्ड स्पष्ट हुनुहुन्छ : विष्णु रिजाल

बुधवार , आषाढ १५, २०७९

काठमाडौं, १५ असार । 
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी पार्टीको कुनै भविष्य छैन भन्नेमा प्रचण्ड स्पष्ट रहेको बताएका छन् । उनले प्रचण्डका अभिव्यक्तिहरुबाट आफूले उक्त निष्कर्ष निकालेको बताएका हुन् ।

बुधबार सामाजिक संजाल फेसबुकमा नेता रिजालले लेखेका छन्, ‘त्यही भएर प्रचण्ड चुनावमा कहिले एमालेसँग टाँसिनुहुन्छ, कहिले कांग्रेसको सहारा खोज्नुहुन्छ । एमालेका नेता–कार्यकर्तामाथि आँखा लगाउनु भनेको आफ्ना नेता–कार्यकर्ताबाट पार लाग्न सम्भव छैन भनेरै हो ।’

उनले लेखेका छन्, ‘हामीले दोस्रो अध्यक्ष भए पनि मानेकै थियौँ, ठूल्ठूला कार्यक्रममा भाषण गर्न पाउनुभएकै थियो । ’