२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

केपी ओली र वामदेव गौतमबीच भेटवार्ता 

बिहिवार , आषाढ १६, २०७९

काठमाडौं, १६ असार।एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा बिहीबार दुई शीर्षनेताबीच भेटवार्ता भएको हो। एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन । कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओलीलाई भेटेका हुन। 
नयाँ पार्टी घोषणा गरेको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन। ‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनु भएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने । न्युज कारखाना