२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता 

आइतवार , आषाढ १९, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १९ असार । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिवार साँझ भेटवार्ता भएको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए ।भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहेको चर्चा गर्दै दुबै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्र संघको आदर्शमा प्रतिवद्ध रहेको बताए । 

    सभामुख सापकोटाले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदारहरूको स्रोत देशको रूपमा मान्यता दिएर ठूलो संख्याका नेपाली कामदारलाई रोजगारी दिएकोमा धन्यवाद दिए । उनले मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवद्र्धनको सम्भावनामा जोड दिए ।मार्च २००३ देखि सुरु भएको दुई देशका राजधानीबीचको सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उनको भनाई थियो । 

    भेटमा मलेसियाका उपसभामुख मोहमद रसिद हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधि टोलीसँगको भेटप्रति खुसी व्यक्त गरे । सो भेटमा नेपाली प्रतिनिधि टोलीका सदस्यहरू पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए। न्युज कारखाना