२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन

आइतवार , आषाढ १९, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १९ असार । 

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह चुनावमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । 

    एमालेको केन्द्रीय सचिवालयको आइतबार भएको बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी रहेका छन् । 

    'स्थानीय चुनावको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै एमालेमा परेको उजुरीको छानबिन गर्न र कारबाहीको सिफारिस गर्ने उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्ण गरेको छ' प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, 'एमालेको केन्द्रीय सचिवालयको बैठकले पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागका प्रमुख तथा स‌ंगठन विभागका प्रमुख सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।' न्युज कारखाना