images

शुक्रवार, चैत्र १६ गते २०८०

भुलेर पनि नभन्नुहोला

भुलेर पनि नभन्नुहोला

images
images
images
आइतवार, आषाढ २६ २०७९
आइतवार, आषाढ २६ २०७९
  • भुलेर पनि नभन्नुहोला

    वर्तमान अवस्थामा आागामी निर्वाचनलाई मध्यनजर राख्तै नेपाली कांग्रेसले नेपालभर युद्धस्तरमा कार्यकर्ता प्रशिक्षण गर्ने भएको  छ । वि.पीको प्रजातान्त्रीक समाजवादले हावा खाँदै देउवाको गठबन्धनले कावा खाँदै गरेको परिवर्तित सन्दर्भमा कार्यकर्ता प्रशिक्षण अपरिहार्य भएको कुार घाम झैँ छर्लङ्ग छ ।

    images
    images
    images

    अब चार तारे झण्डा कम्यनीष्टहरुले कार्लमाक्स र माओको फोटो राखे झैँ, वा हँसिया हथौडा राखे झैँ भएको छ । वि.पीको फोटो राख्ने र त्यसका पछाडी कुकृत्य गर्ने आम प्रयोग हुँदै आएको सन्दर्भमा कसरी कुन परिस्थितिमा अब नयाँ विचारका साथ निर्वाचनमा होमिने भन्ने कुरा आम कार्यकर्ताहरुलाई बुझाउनै पर्ने भएकोले यो प्रशिक्षणको महत्व रहेको छ ।

    बदलिदो परिस्थितिमा नेपनली कांग्रेस कार्यकर्ताहरुलाई कसरी र कस्तो प्रशिक्षण दिने भन्ने सन्दर्भमा वि.सं २०४६ सालको परिवर्तन र त्यसले ल्याएको विसंगती र विकृतीलाई मध्यनजर राख्तै २०६२/६३ को जनआन्दोलनको धरातलमा उभिएर प्रशिक्षण दिनु पर्ने कुरा सत्ता बागडोर समहालेका नेपाली कांग्रेसका महान नेताहरुको वाणीमा सुन्न पाइएको छ । त्यसैको आधारमा प्रशिक्षण अगाडी बढाउदै लानु पर्ने छ ।

    यस्ता प्रशिक्षणमा नेपाली कांग्रेसले अँगालेका मूल सिद्धान्त र मार्ग निर्देशनहरुलाई कालो कपडाले बाँधेर कालै खाडलमा जाकेर माटोले राम्ररी पुरेर त्यसमाथी हँसिया हथौडाको झण्डा गाड्नु पर्दछ र भन्नु पर्दछ ‘जय गठबन्धन’ । यति मात्र गरेर तपाई प्रशिक्षकहरुको  पुरा काम सकिने छैन । यसलाई विस्तार र केही अपरिहार्य उपायहरु छन् । ति माथि पूर्णरुपमा अमल गर्नै पर्दछ ।

    प्रशिक्षण कसले दिने ? प्रशिक्षकको योग्यता के हुनु पर्ने ? यसमा विचार पुर्‍याइएन भने प्रशिक्षणले पूर्णता पाउन सक्तैन ।

    प्रशिक्षक सुकिलो मुकिलो नेताहरुलाई काँधमा राखेर बाइपँखे घोडा झैँ नेताले भने झैँ उत्तर दक्षिण, पूर्व र पश्चिम कुद्नसक्ने हुनु पर्दछ । यो योग्यता नै उसको पहिलो खुड्किलो हो ।

    दोस्रो उसमा नेताहरु प्रति अनन्य भक्तिभाव हुनुपर्दछ – नेता जहाँ जान्छन् त्यहाँ उपस्थित हुनुपर्दछ – चाहे एयरपोर्ट होस वा होटल ...। प्रशिक्षकहरुले सत्ताशीन नेताहरु बाहेक अरुको पट्टक्कै न्यास, ध्यान, पाठ, पूजा आदि कर्म गर्नु हुँदैन ।

    तेस्रो, निर्वाचन नजिक आइरहेको छ, प्रशिक्षकले ‘गठबन्धन’ को महान मन्त्रलाई साँझ, विहान, दिउँसो, राती आठै पहर वाह्रै पला सस्मरण गर्दै रहनु पर्दछ । गठबन्धनलाई गायत्री मन्त्रभन्दा धेरै महत्व दिएपछि बल्ल प्रशिक्षक परिक्षा पास भएपछि कार्यकताहरुलाई प्रशिक्षण दिन पाइन्छ । अब प्रशिक्षकको प्रशिक्षण बारे छोटौ चर्चा गरौँ :

    हामीहरुले संघ र प्रदेश दुबै निर्वाचनलाई सामना गर्नुपरेको छ । यसैले गाउँ, नगर, जिल्ला, प्रदेशहरुमा निर्वाचित जनप्रतिनिधिहरुले अब एक क्षण पनि ढिला नगरि गठबन्धनको मूल मन्त्र सहितको घोषणा पत्र निर्माण गर्नुपर्दछ । समयले धेरै  नेटो काटीसकेको वि.सं २००७ साल देखि २०१५, २५, ३२ ३६, ४६ हुँदै २०६२/६३ र त्यसपछि वर्तमानमा ‘गठे’ सिद्धान्त नेपाली कांग्रेसले प्रतिपादन गरेको छ ।

    प्रशिक्षकले प्रशिक्षणलाई दुई भागमा बाडेर प्रशिक्षण दिनु पर्दछ । सबै कार्यकर्ताहरु ‘गठे’ समर्थक नै हुन्छन् भन्ने छैन, यसैले गठे कार्यकर्ताहरुलाई निर्वाचीत नेपाली कांग्रेस प्रतिनिधिहरु एक ठाउँमा र गठे विरोधीहरुलाई अर्कै ठाउँमा प्रशिक्षण दिनु पर्दछ ।

    प्रशिक्षण दिदाँ गठे कार्यकर्ताहरुलाई त्यति अप्ठ्यारो छैन, उनिहरु स्थानिय तह निर्वाचनमै प्रशिक्षित भइसकेका छन् । मात्र उनीहरुलाई गठे विरुद्ध उत्रीने कार्यकर्ताहरुलाई कुन कुन नसमा कुन कुन ठाउँमा प्रहार गर्दा फाइदा हुन्छ – त्यो विचार गर्नु पर्दछ । लोभ लालच र पदको आकर्षण देखाउने कि ? आदि इत्यादि अनेक उपाय गरेर गठबन्धन विरोधीलाई आफ्नो पक्षमा पार्नै पर्छ – केही नलागे भौतिक कार्वाही त छदै छ नि !

    ऐले नेपाली कांग्रेसको ऐतिहासिक कोर्स पुरै बदलिएको अवस्था छ । वि.पीको विचार र सिद्धान्त बोक्नेहरु नेपथ्यमा छन् भने त्यही नामबाट चिनिएका नेताहरु अर्को धु्रवमा उभिएर गठबन्धनको वकालत गर्दै छन् । नेपाली कांग्रेसको महाअधिवेशन ‘य’ू टर्न गर्न खप्पिस गरिष्ट नेताहरुको कालो कर्तूत नेपाली जनताहरुले कहिलेसम्म भोग्ने हुन् थाहा छैन ।

    सबैलाई थाहा भएकै हो निर्वाचित भइसकेपछि केही अवधीका लागि ‘उ’ सर्वेसर्वा हुन्छ । यही सर्वेसर्वाको धङधङीले छटपटाएको कांग्रेस नेतृत्वले पुरै सिद्धान्तलाई तिलाञ्जली दिएर घिनौना खेल खेलिरहेको छ भनेर गठबन्धन विरोधीहरुले भन्ने छन्।

    यसलाई हामी कति पनि नआतिएर जवाफ दिनु पर्ने छ । त्यो जवाफ भनेको गणतान्त्रिाक लोकतन्त्रलाई संस्थागत  गर्ने गठे अनवश्यकता हो तर यसो चाहि नभन्नु होला कि लोकतन्त्रमा किसानलाई मल विलुप्त हुन्छm आफ्ना आसेपासेका लागि लोकतन्त्र फलिफाप छ दलका नेताहरु लोकतन्त्र आएपछि मालामाल भएका छन् प्रतिपक्षमा हुदाँ लगाइएका आरोपहरु सत्ता प्राप्ति पछि भुल्नु पर्दछ।

    आउँदो श्रावण ६ गते वि. पिको स्मुति दिवसमा गठे नेताहरु वि पि लाई सम्झदै वृक्षारोपण गर्नेछन् र छेवैमा वृक्ष मार्ने विष वृक्ष पनि रोप्ने छन्  । स्मुति दिवसमा मात्र आज सम्म कति वृक्ष रोपिए ? कति सरे ? कति मरे ? वि.पि वृक्षहरु मार्नेलाई नै रोप्ने हुन् । समयको हेक्का राखेर प्रशिक्षकले भन्नै पर्छ देश भन्दा नेता ठूलो !  नेता भन्दा गठे ठूलो ! गठे भन्दा सत्ता ठूलो ! त्यसैले ऐलेको अर्जुन दृष्टि भनेको सत्ता हो जनता जाए भाडमे– यो चाँही भुलेर पनि नभन्नु होला ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij