२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

वीरगंजमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो : महेन्द्र राय यादव

मंगलवार , आषाढ २८, २०७९

काठमाडौं, २८ असार ।

जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले पार्टी नेतृत्वहरूबाट वीरगंजमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महसुस भएकाले जान नसकेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारित बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।

बैठकमा उनले भने, ‘बिरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के असुविधा थियो र वीरगंजमा पार्टीको विस्तारित बैठक गर्नुपर्यो ? उनले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एकढिक्का राख्न आग्रह गरे । न्युज कारखाना