शनिवार, आश्विन १५ गते २०७९
Logo

शनिवार, आश्विन १५ गते २०७९

images

फर्जी माईन्यूट खडा गरी तिलोत्तमा नगरप्रमुख खाँणद्वारा नगरसभा स्थगित : एमाले

फर्जी माईन्यूट खडा गरी तिलोत्तमा नगरप्रमुख खाँणद्वारा नगरसभा स्थगित : एमाले

images
images

खबर पात्रो

३१, आषाढ २०७९
  • 2.2K
    SHARES
  • फर्जी माईन्यूट खडा गरी तिलोत्तमा नगरप्रमुख खाँणद्वारा नगरसभा स्थगित : एमाले

    रुपन्देही, ३१ असार ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको नेकपा (एमाले) ले आरोप लगाएको छ । जसका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन नसकेको एमालेले बताएको छ ।

    पटकपटक सर्दै आएको नगरसभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो । बैठकमा नगरप्रमुखले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गरेका थिए । तर एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले बजेटका साथै न्यायीक समिति लगायत चारवटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगरप्रमुख खाँणले अस्वीकार गरेका थिए ।

    images

    नगरसभा बैठकको माइन्यूटमा ८८ जनाको हस्ताक्षर भएकोमा नगरप्रमुख खाँणले नगरसभाको हल बाहिर छुट्टै फर्जी माइन्यूट खडा गरी ४१ जनाको हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको आरोप छ । ‘नगरसभाले गठन गर्नुपर्ने विषयगत समितिहरुलाई वेवास्ता गर्ने गरी वैधानिक व्यवस्थाविपरीत अघि बढ्न खोज्दा सिंगो नगरपालिकाको काममा असर पर्न सक्छ, ’उपप्रमुख चौधरीले भनिन् । 

    असार १० गते उपप्रमुख चौधरीले नगरसभामा बजेट प्रस्तुत गरेपछि त्यसका लागि छलफल तथा पारित गर्न असार २१ गते नगरसभाको बैठक आह्वान गरिएको थियो । तर उक्त बैठक सूचना टाँसेर असार २६ गतेका लागि सारिएको थियो । उक्त दिनको बैठक पनि स्थगित गरी शुक्रबारका लागि सारिएको थियो । यसअघि असार २८ गतेको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति नगरसभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले बजेट पारित गर्ने दिन यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए ।

    नगरसभामा ८८ जनाको हस्ताक्षर हुँदाहुँदै नक्कली माइन्युट खडा गरेर नगरसभा स्थगित गर्नु दुर्भाग्यपूर्ण रहेको नगर कार्यपालिकाका सदस्य सुरेन्द्र श्रीले बताए । ‘९१ सदस्यीय नगरसभामा ८८ जनाको हस्ताक्षर छ, तर नगरप्रमुख खाँणले विषयगत समिति गठन नगर्ने मनसायका साथ नक्कली माइन्यूट खडा गरेर नगरसभा नै स्थगित गर्नु निकै दुर्भाग्यपूर्ण कुरा हो, यसमा हाम्रो असहमति छ, ’उनले भने ।

    नगरप्रमुख खाँणले  बहुमतको दम्भका कारण एमालेले पटकपटक नगरसभा अवरोध गरेको बताए ।

    images
    images
    प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - २१:५१:३३ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend