२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

नारायणकाजीलाई चन्द्र भण्डारीको प्रश्न : ओली सरकार कसले ढाल्यो ?

शनिवार , आषाढ ३२, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, ३२ असार ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई तत्कालिन केपी शर्मा ओलीको सरकार कसले ढालेको हो ? भनेर प्रश्न गरेका छन् ।

    ओली उपस्थित एक कार्यक्रममा श्रेष्ठले पार्टी एकता सम्भवः नभए तालमेल गर्ने प्रस्ताव गरेपछि सोही कार्यक्रममा उपस्थित भण्डारीले श्रेष्ठमाथि सो प्रश्न गरेका हुन् ।

    ‘तीन महिना मलाई सरकार चलाउन दिनुहोस, अब म पार्टीको अध्यक्षमा लडदिन, म महाधिवेसनबाट नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्नु भएको थियो तर सरकार ओलीजीको सरकार ढल्यो,’ भण्डारीले भने,  ‘के उहाँको सरकार अमेरिका आएर ढालेको हो ?’ भण्डारीले नेपाली भुमीलाई बिदेशी शक्तिहरुको क्रियास्थल बन्न नदिनका लागि राजनीतिक दलहरु सचेत हुनुपर्ने बताएका छन् । न्युज कारखाना