२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

राप्रपा नेपालका केन्द्रीय सदस्य जयसवाल प्रवास विभागको सदस्य सचिवमा मनोनित

सोमवार , श्रावण २, २०७९

भैरहवा, २ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय सदस्य हरिहर जसवाल (मनोज कुमार जयसवाल) पार्टीको प्रवास विभागको सदस्य सचिव पदमा  मनोनित भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जयसवाललाई सोमबार प्रवास विभागको सदस्य सचिवमा मनोनयन गर्नुभएको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले बताए । 

जयसवालले आफूलाई दिइएको जिम्मेवारी सक्रिय एवं इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । उनले भने, ‘राप्रपा नेपाललाई मुलुकको एक अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने अभियानमा लाग्नेछु ।’