
सोमवार , श्रावण २, २०७९
काठमाडौं, २ साउन ।
नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।' न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij