२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

नागरिकता विधेयक पारित भएको खुसीयालीमा लोसपा रुपन्देहीद्वारा भैरहवामा दीप प्रज्जवलन

शुक्रवार , श्रावण ६, २०७९

भैरहवा, ६ साउन ।
प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको खुसीयालीमा खुसीयालीमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) रुपन्देहीले शुक्रबार भैरहवामा दीप प्रज्जवलन गरेको छ । 

लामो समयदेखि पार्टीले उठाउँदै आएको माग पूरा भएपछि त्यसको खुसीयालीमा भैरहवास्थित मिलनचोकमा दीप प्रज्जवलन गरिएको लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्माले बताए ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमा ४५ सांसदले संशोधन दर्ता  गरेका थिए । 

गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । जसलाई सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने सदस्यहरुको बहुमत देखिएपछि विधेयक बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।