२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

एमाले लोकतन्त्रको आन्दोलनमा सबैभन्दा बढी योगदान गरेको पार्टी : घनश्याम भुसाल

शुक्रवार , श्रावण ६, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ६ साउन । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी समिति सदस्य घनश्याम भुसालले एमाले मुलुकको लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको पार्टी भएको बताएका छन् । उनले एमालेमा राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी बोध हुनुपर्ने बताएका हुन् । 

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा नेता भुसालले हाम्रो एमाले, राम्रो एमाले भन्दै लेखेका छन्, ‘एमाले मुलुकको सर्वथा प्रभावकारी, सर्वथा बढी योगदान गरेको तथा न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा सबैभन्दा बढी योगदान गरेको पार्टी भएकाले यो पार्टीमा आज राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी बोध हुनुपर्छ ।’

    पूर्वमन्त्री समेत रहेका नेता भुसालले अब एमाले झन बलियो हुनका लागि न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्ने बताए । उनले भने, ‘अब हामी बलियो हुनका लागि न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्छ । त्यसभन्दा अर्को कुनै विकल्प नभएको उनको भनाइ छ ।