
शनिवार , श्रावण ७, २०७९
भैरहवा, ७ साउन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर अध्यक्षको जिम्मेवारी युवा नेता रवि कुमार रौनियारले पाएका छन् । जसपा जिल्ला समन्वय समिति रुपन्देहीको शनिबार भैरहवामा बसेको बैठकले रौनियारलाई सिद्धार्थनगर अध्यक्षमा मनोनित गरेको जिल्ला अध्यक्ष राम अवतार यादवले बताए । रौनियार जसपा लुम्बिनी प्रदेश समिति सदस्य समेत हुन् ।
यसअघि जसपा सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जयसवालले राजीनामा दिइ पार्टी परित्याग गरेपछि उक्त पद रिक्त रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij