२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

रतन गुप्ता राप्रपाको केन्द्रीय सल्लाहकार समिति सदस्यमा मनोनित

आइतवार , श्रावण ८, २०७९

भैरहवा, ८ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको सदस्यमा रतन कुमार गुप्ता मनोनित भएका छन् । राप्रपाको विधान बमोजिम सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङ्देनले गुप्तालाई सल्लाहकार समिति सदस्यमा मनोनित गरेका हुन् ।

उनी राप्रपाका निवर्तमान केन्द्रीय सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख समेत हुन् ।