२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

राप्रपाको केन्द्रीय सदस्यमा रुपन्देहीका सापकोटा, लम्साल र न्यौपाने

आइतवार , श्रावण ८, २०७९

भैरहवा, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा रुपन्देहीका शक्ति प्रसाद सापकोटा, तोयानाथ लम्साल र चेतनारायण न्यौपाने मनोनित भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । सापकोटा र लम्साल पार्टीका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् ।