सोमवार , श्रावण १६, २०७९
भैरहवा, १६ साउन ।
रुपन्देहीको मर्चवार क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी एक सय जना बढी नेता कार्यकर्ता राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । आइतबार पार्टीको जिल्ला समिति रुपन्देहीले परसहवामा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा, जनमत पार्टी परित्याग गरी १ सय जना बढी जनमुक्ति पार्टीमा प्रवेश गरेका हुन् । जनमुक्तिमा प्रवेश गर्नेमा इस्लाम खान, गंगाराम यादव, शम्भु यादव, तौलन मौर्य लगायत रहेको पार्टीले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष प्रेम थापाको अध्यक्षता, संघीय सचिव मोजीब अलीको प्रमुख आतिथ्यता, संघीय परिषद सदस्य टिप्पु सुल्तानको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव दिलमाया गुरुङले गरेकी थिइन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
