२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

राप्रपाको सक्रिय सदस्य सचेतना कार्यक्रम

शनिवार , श्रावण २१, २०७९

भैरहवा, २१ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सक्रिय सदस्य सचेतना कार्यक्रम आज (शनिबार) देशभरीकै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गरिरहेको छ । आगामी निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रम गरिएको राप्रपाले जनाएको छ । 

यसैबीच रुपन्देही क्षेत्र नम्बर ३ (क) अन्तर्गत भैरहवामा सक्रिय सदस्य सचेतना कार्यक्रम गरिएको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रिय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीको सुशासन विभागका केन्द्रिय सदस्य शिवहरि शर्मा, राप्रपा प्रदेश ३ (क) का अध्यक्ष अर्जुन थापा, लुम्बिनी प्रदेशका प्रवक्ता दिपक पाण्डे, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, जिल्लाका वरिष्ठ नेता चन्द्रशेखर पाण्डे लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । राप्रपा रुपन्देहीका जिल्ला सचिव बलराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

297694382_2930233780609782_4451274034094278518_n.jpg

त्यस्तै संसदीय क्षेत्र नम्बर १ प्रदेश (क) र (ख) स्तरीय सदस्य सचेतना तथा पार्टी प्रवेश कार्यक्रम देवदहमा सम्पन्न भएको छ । राप्रपा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ को आयोजनामा उक्त कार्यक्रम भएको हो । राप्रपा क्षेत्रीय अध्यक्ष सीताराम सिंहको अध्यक्षता, पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राजु चौधरीले गरेका थिए ।

IMG-20220806-WA0006.jpg