२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश

मंगलवार , श्रावण २४, २०७९

भैरहवा, २४ साउन ।
रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा जिल्ला कार्यसमिति रुपन्देहीले मंगलबार भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरु राप्रपामा प्रवेश गरेका हुन् । राप्रपामा प्रवेश गर्नेहरुमा राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष दुर्गा बहादुर थापा, नेकपा (एमाले)का सदस्य कमल चापागाई, नेकपा (माओवादी केन्द्र) कञ्चन गाउँपालिका सदस्य सुर्य बहादुर पुन र राष्ट्रिय जनमोर्चा रुपन्देहीका जिल्ला सदस्य लालुराम पाण्डे रहेका छन् । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, सचिव बलराम शर्मा लगायतले पार्टीमा स्वागत गरेका थिए ।

नवप्रवेशी कमल चापागाईले राप्रपाको एजेण्डा मन परेकाले पार्टीमा प्रवेश गरेको बताए । त्यस्तै दुर्गा बहादुर थापाले गौरवशाली पार्टीमा समाहित हुन पाउँदा खुसीको अनुभुति भएको बताए ।

IMG_2518.JPG

राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै सोमबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका पूर्व जिल्ला अध्यक्ष दुर्गेश मल्लाह, मायादेवी–६ का देवमणि पाण्डे, मोहम्मद खलिल मुसलमान लगायत नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।

298213938_1101371764146697_4018675742207846000_n.jpg