
बिहिवार , श्रावण २६, २०७९
काठमाडौं, २६ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रपहित विपरित रहेको बताएका छन् । ‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित र आपत्तिजनक छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन सम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उनले बताएका छन् । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij