आइतवार , श्रावण २९, २०७९
भैरहवा, २९ साउन ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा विभिन्न पार्टी परित्याग गरी ३५० जना राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । पार्टी जिल्ला कार्यसमितिको आयोजना तथा क्षेत्र नम्बर ४ कमिटीको व्यवस्थापनमा शनिबार परसहवा चोकमा भएको कार्यक्रममा धिरई तिवारीको नेतृत्वमा ३५० जना जनमुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टीका क्षेत्र नम्बर ४ का उपाध्यक्ष अखिलेश्वर तिवारीको अध्यक्षता, संघीय सचिव मोजीब अलीको प्रमुख आतिथ्यता, संघीय सदस्य टिप्पु सुल्तानको विशिष्ट आतिथ्यता, जिल्ला अध्यक्ष प्रेम थापा, उपाध्यक्ष टेक बहादुर गुरुङ लगायतको आतिथ्यता तथा मगर महासंघका केन्द्रीय अध्यक्ष छत्र दर्लामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको यिो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
