
मंगलवार , श्रावण ३१, २०७९
भैरहवा । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले रूपन्देहीकी गङ्गा शाही सहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
नेपाली काङ्ग्रेसको बिधान २०१७ सम्सोधन सहितको धारा २१ को उपधारा १० बमोजिम विभिन्न जिल्लाका काङ्ग्रेस नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
सभापति देउवाले गङ्गा शाहि, किरण यादव, धना खतिवडा, उर्मिला थपलिया, रुक्मणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, लक्ष्मी खतिवडा र सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij