
मंगलवार , श्रावण ३१, २०७९
काठमाडौं, ३१ साउन । संसदले स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ पारित गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।
यसअघि मंगलबार नै उक्त विधेयकमाथि दफावार छलफल भएको छ । छलफलमा सहभागी सांसदहरुले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिएका थिए । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij