images

शुक्रवार, बैशाख २१ गते २०८१

कांग्रेस चुनौतीको सामना गर्ने पार्टी हो : केन्द्रीय सदस्य शाही

कांग्रेस चुनौतीको सामना गर्ने पार्टी हो : केन्द्रीय सदस्य शाही

images
images
images
शुक्रवार, भाद्र ३ २०७९
शुक्रवार, भाद्र ३ २०७९
  • कांग्रेस चुनौतीको सामना गर्ने पार्टी हो : केन्द्रीय सदस्य शाही

    भैरहवा, ३ भदौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले कांग्रेस चुनौतीको सामना गर्ने पार्टी भएको बताएकी छन् । उनले कांग्रेसमा चुनौतीको सामना गर्ने परिवार रहेको र परिवार एकजुट भएर अगाडी बढे ठूलाठूला आधिबेरीको सामना गर्न सकिन्छ भन्ने हिजोको इतिहासले देखाएको दावी गरिन् ।

    images
    images
    images

    नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले शुक्रबार भैरहवामा आयोजना गरेको केन्द्रीय सदस्यमा मनोनित गंगा शाहीको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौतीको सामाना गर्न सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिइन् । उनले कांग्रेस सधै चुनौतीमा उभिएको बताइन् ।

    उनले यो क्षेत्र, जिल्ला र मुलुक कांग्रेसमय हुनुपर्ने बताइन् । केन्द्रीय सदस्य शाहीले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा एकजुट भएर अगाडी बढ्दा जसरी पार्टीका उम्मेदवारलाई जितायौं, त्यसरी नै आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताएर १ नम्बर पार्टी बनाउनुपर्छ ।’

    उनले आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा अक्षरसः पालना गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले नागरिकता नभएका कारण कतिपय युवाले पढ्न नपाएको, विदेश जान नपाएको तथा विभिन्न अवसरबाट वञ्चित भएकाले सरकारले नागरिकता विधेयक ल्याएर संसद्बाट पारित भएको बताइन् । उनले राष्ट्रपति एउटा पार्टीको नभइ सम्पूर्ण नागरिकको अभिभावक बन्नुपर्ने बताइन् ।

    नेपाल महिला संघ रुपन्देहीकी सभापति समेत रहेकी शाहीले कर्म गरेपछि सुगन्धित र मीठो फल पाउन सकिने बताइन् । उनले भनिन्, ‘रुपन्देहीको लागि यो गर्वको कुरा हो, महिलाको लागि सम्मानको कुरा हो ।’

    कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले कांग्रेसले महिलालाई विभिन्न अवसर र स्थान दिएको बताए । उनले गंगा शाही कांग्रेसमा निरन्तर क्रियाशिल रहनुभएको बताए । उनले गठबन्धन रहर नभइ राष्ट्रको आवश्यकता भएको बताए । नेता खाँणले एमालेले जनताको पक्षमा कहिल्यै काम नगरेको बताए । उनले भने, ‘गठबन्धनको पक्षमा लहर ल्याउनुपर्छ, मुलुकको विकास र प्रगतिका लागि गठबन्धनलाई अगाडि बढाउनुपर्छ ।’ कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ थियो ।

    कांग्रेस महासमिति सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले गृहमन्त्री बालकृष्ण खाँणको रुपन्देहीमा मात्र नभइ मुलुकमा महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले महिला संघलाई विस्तार गर्दै महिलाहरुलाई संगठित बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, प्रत्येक वडामा संगठन बनाउनुपर्छ, गठबन्धन भए पनि चुनौती छ ।’

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले रुपन्देहीले तीनवटा केन्द्रीय सदस्य पाउनु गर्वको कुरा भएको बताए । उनले भने, ‘निर्वाचनमा कांग्रेसले राम्रो परिणाम ल्याउनुपर्छ ।’

    संविधानसभा सदस्य जन्नतुन निशाले रुपन्देहीले तीनवटा केन्द्रीय सदस्य र महिलाले अवसर पाउनु गर्वको कुरा भएको बताइन् ।

    कांग्रेस महासमिति सदस्य दीपक क्षेत्री न्यौपानेले पार्टीका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

    महाधिवेशन प्रतिनिधि बसन्त कुमार लाल कर्णले केन्द्रीय सदस्य गंगा शाहीको भूमिका बढेको बताए । कांग्रेस महाधिवेशन प्रतिनिधि रमेश खनाल, पार्टीका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल लगायतले बोल्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताए ।

    कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij