images

शुक्रवार, बैशाख २१ गते २०८१

भदौ १० देखि 'जनताको साथमा कांग्रेस' अभियान

भदौ १० देखि 'जनताको साथमा कांग्रेस' अभियान

images
images
images
आइतवार, भाद्र ५ २०७९
आइतवार, भाद्र ५ २०७९
  • भदौ १० देखि 'जनताको साथमा कांग्रेस' अभियान

    काठमाडौं, ५ भदौ ।

    images
    images
    images

    सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म 'जनताको साथमा कांग्रेस' अभियान सञ्‍चालन गर्ने भएको छ । 

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरिने बताए ।

    कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने अभियानमा पार्टीले विगतमा सरकार हुँदा गरेका काम अब गर्ने कामका बारेमा जनतालाई भन्‍ने प्रवक्ता डा. महतले बताए । आइतबारदेखि यस अभियानका क्रममा ७७ जिल्ला जाने प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ । 

    प्रदेश क्षेत्रमा प्रदेश समितिले नै प्रतिनिधि खटाउने पनि उनले जानकारी दिएका छन् । त्यसै गरी जिल्लाले पालिका तहमा र पालिकाले वडा र टोल तहमा प्रतिनिधि खटाउने पनि जनाइएको छ । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij