images

शुक्रवार, बैशाख २१ गते २०८१

माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना छैन : झलनाथ खनाल

माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना छैन : झलनाथ खनाल

images
images
images
आइतवार, भाद्र ५ २०७९
आइतवार, भाद्र ५ २०७९
  • माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना छैन : झलनाथ खनाल

    भैरहवा, ५ भदौ ।

    images
    images
    images

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचन भन्दा अगाडि अहिले तत्काल नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । उनले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच अली निकटता रहेकाले तालमेल गर्ने र कार्यगत एकता गर्ने प्रक्रियामा अगाडि बढ्ने बताए ।

    समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले भने, ‘पार्टी एकीकरणको कुरा छ, वैचारिक, राजनीतिक, सैद्वान्तिक, संगठनात्मक कार्यदिशा नमिलीकन एकता हुँदैन, वृहत बामपन्थी एकताको आवश्यकता थियो, तर मुख्यमुख्य भन्ने बामपन्थी समूहका नेताहरुले नै अहिलेसम्म एकताको निम्ति पहल गर्न सकिरहेका छैनन्, त्यसकारण त्यो सम्भावना मैले देख्दिन । ’ उनले पाँचदलीय गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताए । उनले भने, ‘जहाँसम्म तालमेलको कुरा छ, अहिले छलफल चलिरहेको छ, कार्यदल बनेको छ, त्यो कार्यदलले काम गरिरहेको छ, जिल्लामा जतिवटा निर्वाचन क्षेत्र छन्, त्यहाँको जिल्ला कमिटीबाट प्रस्ताव आउँछ र त्यसका आधारमा उपयुक्त निर्णय हुन्छ।’

    पाँचदलीय गठबन्धन राजनीतिक गठबन्धन भएको र एउटा विशिष्ट उद्देश्य प्राप्तीका निम्ति मात्र बनेकोले लामो समयसम्म जान्छ भन्न नसकिने उनले बताए । नेता खनालले गठबन्धन लामो समयसम्म जाँदैन भन्न पनि नसकिने बताए । उनले निर्वाचनपछि जुन खालको संसद्को संरचना बन्छ, त्यसमा त्यो निर्भर रहने बताए । कुनै एउटा दलले बहुमत ल्याउने सम्भावना आफूले नदेखेको उनको भनाइ थियो ।

    नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद प्रकट भएको र कम्युनिष्ट आन्दोलन अगाडि बढाउन मुख्य नेताहरुले नसकेका कारण एकखालको बिखण्डनको अवस्था सिर्जना भएको उनले बताए । उनले भने, ‘सही राजनैतिक वैचारिक कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलन फेरी एकताबद्ध हुन्छ, केही वर्ष पर्खिनुपर्ला, कम्युनिष्ट आन्दोलन नयाँ ढंगले एकताबद्ध हुन्छ र शक्तिशाली एकीकृत पार्टी बन्छ । ’

    अहिलेको अवस्था भनेको विभिन्न पार्टीहरुले एकता गरेर अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘एक्लै भिड्नेको असफलता अनिवार्य हुन्छ, एकताबद्ध भएर अगाडि बढ्नेको सफलता अनिवार्य हुन्छ, अहिले हामी गठबन्धनको बाटोबाट अघि बढिरहेका छौं, गठबन्धनको सफलता अनिवार्य छ । ’

    एमालेसँग सहकार्य हुन सक्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा खनालले सहकार्य जुनसुकै पार्टीसँग सम्भव रहेको बताए । उनले भने, ‘उहाँहरु सहकार्य गर्न चाहनुभएन, चाहना नै छैन भने सहकार्य हुने कुरा भएन, त्यस्तो चाहना अहिले मैले देखेको छैन । ’अहिले सहकार्य पाँचदलबीच हुने उनको भनाइ थियो ।

    आफू आगामी निर्वाचनमा पुनः इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने उनले बताए । अहिले पनि त्यहाँका जनताले आफूसँग मायाप्रिती घटाउन नचाहेकाले त्यो मायाप्रितीलाई अझै गहिरो बनाउने विचार रहेको उनले बताए । उनले भने, ‘एकपटक निर्वाचन इलाम क्षेत्र नम्बर १ बाट लड्छु, ’त्यसपछि लड्दैन ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij