२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान सूरु

आइतवार , भाद्र ५, २०७९

जुम्ला, ५ भदौ ।

जुम्लामा  ज्ञानेन्द्र शाही जिताउ अभियान सूरु भएको छ । आउँदाे ४ म‌ंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले औपचारिक कार्यक्रम गरी यो अभियान सूरु गरेको बताएका छन् ।  

सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताए  ।

ज्ञानेन्द्र शाहीको प्रचार अभियान अन्तर्गत २८ साउनमा सिंजा गाउँपालिका, २९ साउनमा कनका सुन्दरी गाउँपालिका, ३० साउनमा हिमा गाउँपालिका,  ३१ साउनमा तिला गाउँपालिका, १ भदाैमा तातोपानी गाउँपालिका, २ भदाैमा गुठीचौर गाउँपालिका र ३ भदाैमा पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम गरिएको थियो  । ज्ञानेन्द्र शाही जिताउ अभियानका लागि  जुम्ला बजारमा सम्पर्क कार्यालय पनि खोलिएको छ ।  न्युज कारखाना