images

बिहिवार, बैशाख २० गते २०८१

‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट

‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट

images
images
images
मंगलवार, भाद्र ७ २०७९
मंगलवार, भाद्र ७ २०७९
  • ‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट

    काठमाडौं, ७ भदौ ।

    images
    images
    images

    आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।

    पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य जितजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।

    केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार १० भदौंदेखि काठमाडौंमा कांग्रेसको पोजिसन, कमीकमजोरी, संगठन सुदृढीकरण अभियानमा लाग्नेछु,’ बस्नेतले भने । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij