२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

पूर्व वनमन्त्री तथा जसपा केन्द्रीय सदस्य मोहम्मद माओवादीमा प्रवेश

मंगलवार , भाद्र ७, २०७९

भैरहवा, ७ भदौ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री मोहम्मद वकील मुसलमान नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पूर्वमन्त्री मुसलमानलाई मंगलबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेल लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

मुसलमान २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरम, नेपालबाट तत्कालिन रुपन्देही क्षेत्र नम्बर ७ बाट निर्वाचन जितेका थिए ।