२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

जसपा सिद्धार्थनगरका पूर्वअध्यक्ष अर्जुन जैसवाल जनमतमा प्रवेश

शनिवार , भाद्र ११, २०७९

भैरहवा, ११ भदौ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिका पूर्व अध्यक्ष अर्जुन प्रसाद जैसवाल जनमत पार्टीमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचन अघि जसपा परित्याग गरेका जैसवाल शनिबार जनमत पार्टीमा प्रवेश गरेका हुन् । २०७० सालको निर्वाचनमा उनी तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी समेत दिएका थिए ।

जनमत पार्टी, रुपन्देहीले शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट एवं निर्वाचन केन्द्रीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । जैसवालसहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गर्नुभएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिए ।