
आइतवार , भाद्र १२, २०७९
भैरहवा, १२ भदौ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले रुपन्देही क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सम्मरीमाई गाउँपालिका–६ स्थित असुरैनामा आयोजित जनमत पार्टीको सभामा बोल्दै शुक्लाले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेको दावी गरे ।
आइतबार आयोजित सभामा शुक्ला जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सि.के. राउतले पार्टीमा स्वागत गरेका थिए । शुक्ला नेकपा (माओवादी केन्द्र) परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij