
शनिवार , भाद्र १८, २०७९
भैरहवा, १८ भदौ ।
नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा ६ जनालाई सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३ (क), रुपन्देहीको विस्तारित बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।
प्रदेशसभा सदस्यका लागि सिफारिस हुनेमा विश्वराज बराल (अनुप), राजेन्द्र प्रसाद पन्थी, श्यामलाल खरेल, हरि प्रसाद अधिकारी, लक्ष्मी केसी र सीता काफ्ले रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij